सोलुखुम्बु । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने उद्घोष गरेका छन । शनिवार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ ले फागुन ६ गतेबाट जारी रहेको प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो वताएका हुन ।
खेल क्षेत्रमा लागेका सबै खेलाडीहरुको भविष्यलाई उज्वल वनाउन उनीहरुलाई आर्थिक भौतिक रुपमा सवल वनाउदै खेल क्षेत्रमा नै सधै लागि पर्ने वातावरण सिर्जना गर्ने लक्ष्य प्रदेशले लिएको समेत दावी गरे ।
चालु आर्थिक बर्षमा मात्र प्रदेश १ ले खेलकुद क्षेत्रमा ४२ करोड रकम विनियोजन गरेको समेत वताए । राजनितिक परिवर्तनको निम्ति मदन भण्डारीले गर्नु भएको योगदानको उच्च कदर गर्दै वहाँकै राजनितिक दुरदर्शिताको कारण देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको स्थापना भएको समेत मुख्यमन्त्री राईले दावी गरे । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङक्षा अनुसार प्रदेश सरकारले सिचाँई, खानेपानी, गुस्तरिय शिक्षा स्वास्थ्य, पर्यटनको क्षेत्रमा विशेष ध्यान दिएर काम गरिरहेको समेत स्पष्ट पारे ।
समापन कार्यक्रममा १ नम्बर प्रदेशका भौतिक पूर्वधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, नेकपा संसदिय दलका प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारी लगायतको उपस्थिति रहेको थियो ।