गर्भावस्थामा हुने वाकवाकीबाट बच्ने उपाय

a

गर्भावस्थाको सुरुवाती दिनमा महिलाहरुमा उल्टी धेरै हुन्छ । उल्टीका कारण केही खाने मन हुँदैन । तर केही कुरालाई ख्याल राख्नेहो भने यसबाट बच्न सकिन्छ ।

१.सातुलाई पानीमो घोलेर खानुहोस, यसमा नुन या चिनी मिसाउन सक्नुहुन्छ ।
२. खाना खाएपछि अजवाइन खान नभुल्नुहोला, अजवाइन खाएमा उल्ती आउँदैन र खाना पनि छिटो पचाउन सक्छ ।
३. उल्ती हुने देखिएको जिंगरको वास्ना सुघ्नुहोस । यसले उल्टी रोकिन्छ ।
४. धेरै उल्टी भएमा दिनमा दुई तिन पटक अमला खानुहोस् ।
५. गर्भावस्थामा उल्टी रोक्नका लागि चामललाई सफा पानीमा आधा घन्टा भिजाउनुहोस धनियाको पातको मसला राखेर चामल र धनियापानी दिनमा दुई तीन पटक खानुहोस यसले आराम मिल्छ ।
६. कागती पानीमा मह मिलाएर खाएमा पनि उल्टी रोक्न सकिन्छ ।