सशस्त्रमा ६ जना एसएसपीमा बढुवा, भोलि विहान दज्र्यानी चिन्ह प्रदान गरिँदै

20150802apf-asks-for-higher-status-than-nepal-police-600x0

राजधानी समाचारदाता
काठमाडौं, १५ चैत

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ । बढुवा हुनेमा क्रमशः अभि खत्री, शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गा भट्टराई, कमल गिरी र राजेन्द्र शाक्य रहेका छन् । बढुवा सिफारिसमा परेका शाक्य नेपाली सेनाबाट र अन्य पाँच जना प्रहरीबाट सशस्त्रमा आएका हुन् ।

गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा ४ चैतको साँझ बसेको बैठकले एसएसपी बढुवाका लागि सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार मंगलबार उनीहरुको बढुवा भएको हो । बढुवा भएकालाई बुधबार विहान दज्र्यानी चिह्न प्रदान गरिने कार्यक्रम तय भएको छ ।