सशस्त्रमा वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दारका लागि ३१०४ जनाको नाम सिफारिस, को को परे ?

20150802apf-asks-for-higher-status-than-nepal-police-600x0

राजधानी- काठमाडौं, १९ चैत । सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बलको वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दारका लागि नाम सिफारिस गरेको छ । बढुवा समितिको बिहीबारको निर्णयअनुसार शुक्रबार मध्यरातमा नाम सिफारिस गरिएको हो ।

जसअनुसार जवानबाट सहायक हवल्दारका लागि १२४०, सहायक हवल्दारबाट हवल्दारमा ९५० र हवल्दारबाट वरिष्ठ हवल्दारमा ९१४ जनाको नाम सिफारिस गरिएको छ । बढुवामा परेकाको नाम www.apf.gov.np मा हेर्न सकिने छ ।