डिप्रेसन अर्थात् उदासीनता रोग‘खुलेर कुरा गरौं’

डिप्रेसन अर्थात् उदासीनता रोग‘खुलेर कुरा गरौं’

डा. प्रकाश बुढाथोकी

डा. साहेब, मलाई जहिले पनि टाउको दुखिरहन्छ । डा. साहेब, म निदाउनै सक्दिन, निद्रा राम्रोसँग पर्दैन । डाक्टर, मेरो हातखुट्टा झमझमाइरहन्छ । मेरा सबै दा“त दुख्छन्, गिजा र मुख सबै पोलिरहन्छ र खानाको स्वाद पनि जे खाए पनि जे गरे पनि फर्केन । मलाई एक्कासि डर लाग्छ, मुटु ढुकढुक गरिरहन्छ । कहिलेकाही निस्सासिएको अनुभव पनि हुन्छ । मेरो घाँटीमा केही अडकिएको जस्तो हुन्छ, नाक कान घाँटीको डाक्टरले केही छैन भन्नुहुन्छ । मेरो पूरा जीउ दुखेर कटकट खान्छ । पूरै जीउ गलेको अनुभव हुन्छ । थुप्रै डाक्टरलाई देखाए केही पत्ता लाग्दैन भन्दै आइपुग्ने बिरामी दिन–प्रतिदिन बढ्दो छन् । सीधै मानसिक रोग हो र मानसिक विशेषज्ञकहाँ प्रेषण (रिफर) गर्दा आज पनि बिरामीको गाली खाइने गरिएकै छ ।
दिन बिताउन गाह्रो भइरहेको, रिस र नैराश्य बढदै छ, कसैको कुरामा विश्वास लाग्न छोडे, कसैलाई भेट्न मन नलागे, मनमा कुरा मात्र खोल्न थाले तथा रमाइलो परिस्थितिमा समेत आनन्द अनुभव नभए र जुनसुकै कुरामा रुचि घट्दै गइरहेको छ भने डिप्रेसन त भइरहेको छैन भनी शंका गर्नुपर्दछ । सचेत भई मनोपरामर्श लिन जरुरी छ । ठीक उपचार नभए उदासीनता रोगको अन्त भनेकै आत्महत्या हो ।

विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा सन् १९५० देखि विश्व स्वास्थ्य दिवस मनाउन थालिए पनि नेपालमा भने सन् १९९५ देखि मात्र हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । विश्वमा उदासीनता मानिसलाई बिरामी र अयोग्य बनाउने प्रमुख कारण भएकाले उदासीनताको मनोरोग डिप्रेसनबारे कुरा गरौं अर्थात् बोलौं भन्दै विश्व स्वास्थ्य संगठनले यस वर्र्षको विश्व स्वास्थ्य दिवस गत शुक्रबार विश्वभर मनाइयो । ताजा अनुमानमा ३० करोड बढी नागरिक उदासीनतासँगै बाँचिरहेका छन्, जुन २००५ देखि २०१५ सम्ममा १८ प्रतिशत बढेको छ । बिरामीलाई समर्थन नहुनु, स्टिग्माको डरले यस्तो बनाएको हो । तसर्थ बोल्न र चर्चा गर्न अग्रसर हौं तथा तुरुन्त लगानी बढाआंै ।

धनी देशमा जहाँ ५ प्रतिशत स्वास्थ्य बजेट खर्चिइन्छ, त्यहाँ ५० प्रतिशत उदासीनताका बिरामीले उपचार पाएका छैनन् भने १ प्रतिशत स्वास्थ्य बजेट छुट्टयाइने निम्न आय भएका देशहरूको हालत के होला सजिलै आँकलन गर्न सकिन्छ । स्वास्थ्य क्षेत्रमा एक अमेरिकी डलर लगानी गर्दा ४ डलरबराबरको फाइदा दिने बताइएको छ । मानसिक तनावका कारण मात्र शरीरमा धेरै खालका रोग लाग्न सक्छन् । पेटमा अम्ल बढी अल्सरसमेत हुन्छ । मुटुको धडकन बढ्ने, छाती दुख्ने, रक्तचाप बढ्ने, हृदयाघात, टाउको, कम्मरको पीडा, छालाको रोग, अनिद्रा तथा मदिरा, लागूपदार्थको दुव्र्यसन, डिप्रेसन तथा चिन्तारोग लाग्दछ ।
विश्व स्वास्थ्य संगठनले दिएको परिभाÈाअनुसार स्वास्थ्य भनेको पूर्णशारीरिक, मानसिक र सामाजिक सन्तुलन र स्वस्थताको अवस्था हो न कि केवल रोगव्याधिको अनुस्पथिति हो । तसर्थ मानसिक, शारीरिक र सामाजिक स्वास्थ्यका तीन आयाम हुन् । विश्व स्वास्थ्य संघले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यमा राखे पनि नेपालमा स्वास्थ्य भन्नाले शारीरिक स्वास्थ्यलाई मात्र जोड दिइएको छ र स्वास्थ्य बजेटको १ प्रतिशतभन्दा कम रकम विनियोजन हुन्छ । अस्पतालमा उपचारका लागि जाने हरेक चाजना बिरामीमा एकजना कुनै न कुनै मनोरोगको समस्या भएर उपचारका लागि जाने गरेको बताउँछ, डब्लूएचओ ।
नेपालमा भने आधिकारिक तथ्यांक नभए पनि विश्व स्वास्थ्य संगठनअनुसार तेस्रो विश्वका देशमा कुल जनसंख्याको २५ प्रतिशत र स्वास्थ्य शिविरमा २० प्रतिशतसम्म मानसिक रोगी छन् । तर, सरकारले ४ लाखमा मानसिक रोग तथा ३ लाखमा कडा मानसिक रोग र निको हुन नसक्ने खालका मानसिक रोगबाट २ प्रतिशत जनता भएको अनुमान गरेको छ । ८० प्रतिशत बिरामी ढिलो गरी उपचारमा पुग्छन् भने २० प्रतिशत त अन्य विभागमा उपचार गरी गरी थाकेर मात्र मानसिक विशेषज्ञकहाँ पुग्छन् ।

विश्व स्वास्थ्य संगठनद्वारा सन् १९९२ मा प्रकाशित प्रतिवेदनमा ३ सय किसिमका मानसिक रोग छन् । सबैका लÔण, चिन्ह, कारण तथा उपचार फरकफरक हुन्छन् तर समग्रमा टाउको दुख्ने, बेहोस हुने, मिर्गी, उदासीन, लागूपदार्थ तथा मादकपदार्थ सेवन, सिजोफ्रेनिया, बाइपोलार मुड डिसअर्डर, तनाव, निन्द्रा, स्मरणशक्ति, यौनसम्बन्धी समस्याहरू, सुस्त मनस्थिति, खुवाइको गडबडीजस्ता समस्या भए मानसिक रोग भएको शंका गर्नुपर्दछ । तर, मानसिक र शारीरिक रोगको अन्र्तसम्बन्ध हुन्छ । एक्लोपनालाई मदिरा सेवनभन्दा दोब्बर खतरनाक मानिँदै छ आजकल । बढदो आधुनिकता, अस्तव्यस्त जीवनशैली तथा द्वन्द्वले गर्दा समयमै ध्यान नदिए भविष्यमा विकराल रूप लिनेमा कसैको दुईमत छैन ।
धनी गरिब सबै देशको समाजमा मानसिक तनाव सबैभन्दा ठूलो सामाजिक समस्याको रूपमा देखा परिरहेको छ । विश्वभरिका हरेक मानिसले आफ्नो जीवनकालमा मानसिक तनाव, अस्वस्थताको व्यक्तिगत रूपमा अनुभव गरेका हन्छन् भने नेपालजस्तो मुलुक, त्यसमाथि सामाजिक मौनताले यो समस्या आधाभन्दा बढी जनसंख्यामा जरो गाडी विकराल बनिरहेको छ । त्योभन्दा बढी मानसिक अस्वस्थता सिर्जना गर्ने प्रमुख कारणमा गरिबी, सामाजिक असमानता, द्वन्द्व, बेरोजगारी, भौगोलिक विकटता, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक बहिष्करण, दण्डहीनता पर्दछन् । जसअनुसार त नेपाल तथा नेपाली पूरै मानसिक अस्वस्थ छ भन्दा फरक पर्दैन होला ?

आजको युगमा मानसिक अस्वस्थता आफैंमा ठूलो समस्या नभए पनि यससँगै जोडिएरै आउने सामाजिक विभेद, मानसिक रूपमा अस्वस्थ व्यक्तिमा गरिने अमानवीय व्यवहार र उनीहरूको मानव अधिकारको उपेक्षा गम्भीर चिन्ताको विÈय हो । आधारभूत मानवअधिकारको अभावमा सिर्जित गरिबी, असुरक्षा, बहिष्करण र बेरोजगारीको पीडाले मानसिक स्वस्थतासँग जुधिरहेको समुदाय हीनताबोध र अस्थिरतामा पिल्सिएको छ । मानसिक बिरामीलाई समाजले आफ्नै अंगका रूपमा स्विकार्न सकेको छैन, यसबारे समाजमा अझै निकै ठूलो भ्रम, अन्धविश्वास र भय स्थापित छ । यसैमा आधारित भएर हुने, गरिने अमानवीय व्यवहारको औÈधि उपचार सम्भव छैन । तसर्थ सामाजिक र बौद्धिक तवरबाट मानसिक रोगको उपचार खोजिनुपर्दछ ।
अन्तमा, परिवर्तनका लागि सन्देशबाहक भनिने, राष्ट्रको चौथो अंग तथा पहरेदार र सचेतनाका संवाहक सञ्चार जगतमा पनि मानसिक स्वास्थ्यले उचित स्थान पाउन सकेको छैन । विगत तथा वर्तमानका द्वन्द्वले उब्जाएका तथा बढ्दो आधुनिक अस्तव्यस्त जीवनशैलीले मानसिक रोगीहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । प्राय सबै दिवसहरू औपचारिकतामै सीमित हुने गरेका छन् र त समस्या दिन दुई गुणा रात चार गुणाले भयावह बन्दै छ । तसर्थ प्रेस काउन्सिलमा वर्गीकृत ९ सय १० अखबारमा स्थान दिँदै सञ्चारमाध्यमले मानसिक स्वास्थ्यका विषयमा जनतालाई सुसूचित गराउन भूमिका निर्वाह गर्न जरुरी छ ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्ष हुन् ।)