चुनौती छाडेर गएको वर्ष

चुनौती छाडेर गएको वर्ष

प्रकाश कँडेल

नेपाली खेलकुदका लागि अन्य वर्षहरूझैं २०७३ पनि मिश्रित नतिजाको वर्षका रूपमा रह्यो । बहुप्रतीक्षित राष्ट्रिय प्रतियोगिता सम्पन्न हुनु प्रगतिका रूपमा रहँदा अन्तर्राष्ट्रिय सफलता बढ्नुले पर्याप्त अवसरहरू छोडेर जान २०७३ सफल भयो । ढिलै भए पनि लामो समयदेखि स्थगित भएको सातौं राष्ट्रिय खेलकुदले धेरै आशालाग्दा खेलाडीहरूलाई अवसर दियो । यद्यपि, गुनासो गर्ने धेरै ठाउँहरूका बाबजुद प्रतियोगिता हुनु नै सफलता मान्नुपर्ने अवस्थामा अन्योलबीच भएको प्रतियोगितालाई सदुपयोग गर्दै आगामी दिनमा प्रतियोगितालाई आधार बनाएका खेलाडीलाई एक्सपोज प्रदान गर्दै थप उचाइमा पु¥याउने चुनौती छोडेर जान ७२ साल सफल भयो । यद्यपि, वर्षको अन्त्यतिर ओलम्पिक विवाद बल्झिएपछि पुनः एकपटक नेपाली खेल क्षेत्र  स्तब्ध बन्यो ।
निराशाका आधारहरू धेरै रहे पनि अन्तर्राष्ट्रिय सफलता नेपाली खेलकुदका लागि सम्झनलायक बन्यो । यद्यपि, आस गरिएका केही प्रतियोगितामा निराशा हात लाग्दा पनि त्यसलाई मन बुझाउने पर्याप्त जितहरू नेपालसँग रहे । विश्वमा नै सर्वाधिक लोकप्रिय रहेको फुटबलले अन्तर्राष्ट्रिय सफलताहरू दिलाउँदा बादलभित्र चाँदीको घेराका रूपमा अवश्य रह्यो । यद्यपि, घरेलु लिग नहुँदा फुटबलमा नयाँ स्टारको उदय भने अपेक्षामा नै सीमित भयो । अर्को महŒवपूर्ण चरणमा रहेको नेपाली क्रिकेट टिमले २०७२ मा पनि आफ्नो विश्वकप सम्भावनालाई जोगाइराख्न सफल भयो । विश्व क्रिकेट लिगमा अन्तिम चा™मा रहेर अघिल्लो चरणमा पुग्ने सम्भावनालाई कायमै राख्न सक्नु महŒवपूर्ण उपलब्धिका रूपमा रह्यो ।


पूर्वमा पहिलो ठूलो प्रतियोगिता भएको वर्ष (सातौं राष्ट्रिय खेलकुद)

लामो समयदेखि हुन नसकिरहेको सातौं राष्ट्रिय खेलकुद सम्मपन हुनु नेपाली खेलकुदका लागि निकै उत्साहजनक कुरा हो । यस्तोमा पूर्वले पहिलोपटक ठूलो प्रतियोगिता गर्ने मौका पायो । यद्यपि, दर्शक र पूर्वधारका हिसाबले प्रतियोगिता बिर्सन लायक रह्यो ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता ८–१५ पुससम्म सञ्चालन भयो । जसमा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ कांस्य पदकका लागि खेलाडीहरू आपसमा भिडेका थिए । विभागीय टिमको वर्चस्व रहेको प्रतियोगितामा नेपाली सेना पहिलो, सशस्त्र प्रहरी बल दोस्रो र नेपाल प्रहरी तेस्रो भए भने मध्यमाञ्चल विकास क्षेत्र चौथो हुन पुगेको थियो । पूर्वका विभिन्न जिल्लामा भएका खेलको उद्घाटन विराटनगरमा गरिएको थियो ।


प्रतियोगितामा सामान्य घटनाबाहेक त्यस्तो ठूलो उल्लेख्य घटना नभई सफलतापूर्वक सम्पन्न भयो । केही खेलहरूमा चरम लापरबाही देखिँदा केही खेलहरू भने आफूलाई निकै परिष्कृत गर्न सफल भए । यद्यपि, सातौंलाई सहभागिताका हिसाबले सबैको प्रतियोगिताका रूपमा मान्नुपर्छ । तर, व्यस्थापकीय कमजोरी पर्याप्त रह्यो । खेलका लागि आवश्यक पूर्वधार डामाडोल देखिँदा खेलाडीहरूमा संयमता कम देखियो । जसका कारण रेफ्रिमाथि हातपात तथा खेलभावनाको अनादर गर्ने कार्य भयो, जुन निकै विडम्बनाका रूपमा रह्यो ।
सातौंको समापनसँगै आठौंका लागि पश्चिमाञ्चलको चर्चा भए पनि अन्तिम समयमा मध्यपश्चिमाञ्चललाई प्रतियोगिताको जिम्मा दिएपछि केही विवाद अवश्य भयो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्समा महिलाहरूको ज्याबलिन थ्रो र सटपुटमा चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान भंग गर्दै दुई स्वर्ण आफ्नो नाममा पारिन् सीमित स्रोतसाधनका भरमा कीर्तिमान बनाउन उनी सफल भइन् ।
अन्य भारोत्तोलनका केही खेलाडीले पनि राष्ट्रिय कीर्तिमान बनाए । साथै, लामो समयपछि एथलेटिक्समा फर्किएकी कान्छीमाया कोजूले आफूलाई पुनः प्रमाणित गर्न सफल भइन् । पूर्वधार विकासको ठूलो सफलता भनेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि मोरङको बैजनाथपुरमा क्रिकेट मैदान बन्यो, जुन नेपाली खेलकुद र पूर्वाञ्चलका लागि निकै ठुूलो उपलब्धि हो । त्यस्तै, सुटिङका लागि भवन पनि निर्माण र अन्य केही पूर्वधारहरूको स्तरोन्नति पूर्वले पाएका भौतिक सुखका रूपमा रहे ।


फुटबलले दिएको शुभसंकेत

राष्ट्रिय प्रतियोगिता मोफसलका नकआउट प्रतियोगिताले नै धानेको यो वर्षकोे नेपाली फुटबल लिगको आसमा नै वर्ष व्यतीत गर्न बाध्य भयो । तर, तुलनात्मक रूपमा राष्ट्रिय प्रतियोगितालाई बिर्सन सक्ने पर्याप्त सफलता अन्तर्राष्ट्रिय फुटबलमा दिन नेपाल सफल भयो ।
यसक्रममा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि उचाल्दै नेपाली इतिहासमा नै ठूलो सफलता दिन राष्ट्रिय फुटबल टिम सफल भयो । नेपालले एसियाली स्तरमा जितको यो उपाधि नै पहिलो हो । उपलब्धि गुमाइसकेपछि पाएको अन्तिम मौकाका रूपमा रहेको सोलिडारिटी कपले नै नेपाललाई २०७४ मा अन्तर्™ाष्ट्रिय फुटबलमा व्यस्त राख्ने कार्यतालिका पाउन सफल भयो । एएफसीले एसिया कप छनोटबाट बाहिरिएपछि सोलिडारिटी कप खेलेको नेपाल सोही कप जितेपछि पुनः एएफसी एसिया कप छनोट खेल्ने मौका प्राप्त गर्न सफल भयो ।
पहिलो चरणबाटै बाहिरिएको नेपालले सोलिडारिटी कप जितेसँगै सिधै तेस्रो चरणमा सहभागी हुने भाग्य प्राप्त ग¥यो । कुवेत र ग्वामले प्रतियोगिता नखेल्नु नेपाली फुटबललाई चिट्ठा पर्नुसरह भयो । जसको आधार भनेको एएफसी सोलिडारिटी कप नै हो । एएफसीले विजेताका रूपमा नेपाल र उपविजेताका रूपमा मकाउलाई मौका दिइएको हो ।
एएफसी सोलिडारिटी कपको उपाधि गत कात्तिकमा नेपालले जितेको थियो । नेपालले फाइनलमा मकाउलाई १–० ले हराउँदै उपाधि जितेको थियो । अन्तर्राष्ट्रिय खेलका रूपमा १६ जेठमा लाओससँगको मैत्रीपूर्ण खेलबाट वर्षको सुरुवात गरेको फुटबल टिमले २०७३ एएफसी एसिया कप छनोटको तेस्रो चरणमा फिलिपिन्ससँग ४–१ को हारबाट बर्सको अन्त्य ग¥यो । नेपालमा अन्तर्राष्ट्रिय अनुभवका रूपमा ४ मंसिरका फ्रेन्ड्स अफ जापानसँग खेलेको एक मात्र खेल रह्यो । जसमा पनि नेपाल १–० ले जितेको थियो । तर, महिला फुटबलका लागि भने यो वर्ष सुखद् रहेन । दक्षिण एसियाको ठूलो प्रतियोगिताका रूपमा रहेको साफ महिला फुटबलमा नेपाली टिम यसपटक सेमिफाइनलबाटै बाहिरियो । तीनपटक फाइनल पुगिसकेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्य राखे पनि अन्तिम
चारबाट बाहिरियो ।
फुटबलको मिश्रित नतिजासँगै २०७४ मा हुने तेस्रो चरणका खेलमा नेपालका लागि निकै ठूलो अवसरको वर्षका रूपमा रहेको छ । यस्तोमा बलिया टिमविरुद्ध एएफसी एसियन कप छनोट खेल्न पाउनु र त्यसलाई सार्थक बनाउनु फुटबलका लागि अबको चुनौती हुनेछ । एएफसी छनोटमा नेपालले फिलिपिन्स तथा यमन र ताजिकिस्तानसँग दुई÷दुई खेल खेल्नेछ भने राष्ट्रिय लिग गर्दै नयाँ खेलाडी र प्रतिभा पहिचान गर्नु नेपालका लागि चुनौतीका रूपमा रहनेछ ।


क्रिकेटमा आस कायमै

क्रिकेटमा प्रतिबन्धका कारण नेपालले ठूलो क्षति बेहोर्नुपरेको छैन । यद्यपि, जटिल अवस्थामा नेपाली क्रिकेट गुज्रिरहेको छ । तर, राष्ट्रिय टिमले सफलता दिलाएको वर्षका रूपमा रहन सफल भयो । २०७३ नेपालका लागि बहुप्रतीक्षित र महŒवपूर्ण प्रतियोगिताका रूपमा रहेको
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको अघिल्लो चरण सम्भावना कायमै छ ।
झन्डै साढे दुई वर्ष चल्ने यस प्रतियोगितामा नेपालले गत वर्ष नै चार खेल खेलिसकेको थियो । गत वर्ष स्कटल्यान्ड र पीएनजीसँगका चारवटै खेलमा पराजित भएपछि निराशाका बीचमा सुरु भएको वर्ष २०७३ मा नेपालले महŒवपूर्ण अंक जोड्न सफल भयो । प्रतियोगितामा यो वर्ष खेलेका ६ मध्ये चार खेलमा नेपालले जित हात पा¥यो ।
जसमा बलियो टोली नेदरल्यान्ड्सविरुद्ध उसकै घरेलु मैदानमा निकालेको जित नेपालका लागि सर्वाधिक सम्झन योग्य रह्यो । त्यस्तै, नेपालले नामिबियालाई दुवै र केन्यालाई एक खेलमा पराजित ग‍र्दै घरेलु समर्थकलाई उत्साही बन्यो । अहिलेसम्म ८ अंकसहित अंक–तालिकाको छैटौं स्थानमा रहेको नेपालका लागि वर्ष २०७४ अग्निपरीक्षाका रूपमा रहनेछ । अब बाँकी रहेका चार खेलमा नेपाल सबैमा विजयी भए अन्तिम चारको सम्भावना कायमै रहनेछ । नेपालले यो वर्ष हङकङ र यूएईसँग २–२ खेल खेल्नेछ । यी चारवटै खेल नेपालबाहिर हुनेछन् ।

अन्य खेलकुद गतिविधि मिश्रित

फुटबल र क्रिकेटजस्तै भलिबलमा पनि नेपालका लागि यो वर्ष निकै सुखद रह्यो । सीमित नतिजा निकाले पनि यसपटक नेपाली पुरुष भलिबलले ऐतिहासिक पदक भिœयायो । वर्षको अन्तिममा माल्दिभ्समा सम्पन्न एसियन भलिबल संघ
(एभीसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली पुरुष टोलीले कास्य पदक जित्नु नेपाली खेलकुदका लागि अर्को ठुलो उपलब्धि बन्यो ।
नेपाली भलिबल टोलीले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ फिभाबाट आयोजित तथा मान्यता प्राप्त प्रतियोगितामा जितेको पहिलो पदक हो । नेपाली पुरुष भलिबल सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो । साथै, अन्य अन्तर्राष्ट्रिय पदकहरू नेपालले यो वर्ष पर्याप्त मात्रामा भित्रियो । व्यक्तिगत विधामा विभिन्न पदक जित्न नेपाली खेलाडीहरू सफल भए । सदस्य सचिव केशवकुमार विष्टले २०७२ लाई सर्वाधिक पदक भिœयाउन नेपाल सफल भएको वर्षका रूपमा बताउँदै
आएका छन् ।

यो वर्षलाई चुनौती

नेपाली खेलकुदमा निःसन्देह २०७४ चनौतीपूर्ण छ । नेपाललाई आयोजनाको जिम्मेवारी दिएको साग गेमको तयारी गर्नु निकै ठूलो चुनौती र खस्कँदो दक्षिण एसियाली खेलमा पदक भिœयाउँदै आफूलाई बलियो पार्नु चुनौती छ । साथै आईसीसीद्वारा क्यानको निलम्बन वर्ष दिन पुगेको र निलम्बन फुकुवाको चरणमा महŒवपूर्ण कुराहरू भइरहेकाले २०७४ मा पुनः क्रिकेटका सुखद दिन आउने आँकलन गरिएको छ ।
वर्षको सुरुवातमा नै क्यानको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको, सरकारले क्यानमाथि अनावश्यक हस्तक्षेप गरेको र पछिल्लो समय नेपाली क्रिकेटमा नेतृत्वको शून्यता देखिएको लगायतका कारण जनाउँदै क्यानलाई आईसीसीले निलम्बित गरेपछि नेपाली क्रिकेट खेलाडी नेतृत्वविहीनजस्तै बने । तर, २०७४ ले निलम्बन फुकुवा गरेको समाचार लिएर आउने आस भने २०७३ को अन्त्यतिर भएका सकारात्मक पहलहरूले देखाएको छ ।
त्यस्तै, पुनर्निर्माणको काम पनि अधुरै रहेको ७३ सालमा ७४ का लागि पूर्वाधार निर्माण र मर्मतमा उल्लेख्य प्रगति गर्ने चुनौती दिएको छ । भूकम्पले क्षति पु¥याएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालाका रूपमा रहेको दशरथ रंगशाला अझै मर्मत हुन सकेको छैन, जुन निकै चिन्तापूर्ण विषय रहेको छ । जसलाई यथाशक्य मर्मत गरेर चाँडै सञ्चालना ल्याउनु अबको चुनौती हो ।
त्यस्तै, मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानहरू यो वर्ष पनि मुआब्जा विवादमा नै अल्झिन पुग्नु र निर्माणले गति लिन नसक्नु चुनौतीपूर्ण बन्दै गएको छ । दुईमध्ये माथिल्लो मैदान हालै १६ लाख बजेट पाएपछि घरेलु प्रतियोगिताहरू सञ्चालन गर्न सक्ने गरी निर्माण कार्य सुरु भएको भनिएको छ, तर ७४ लाई प्रगतिको वर्षका रूपमा राख्ने चुनौती भने कायमै छ । तल्लो मैदानमा मुआब्जा विवाद अझै नसल्टिँदा काममा अवरोध पुगेको छ ।
२०७४ को सुरुवातले फुटबल लिगको सुरु हुने अपेक्षा गरिएको छ भने अन्य खेलकुद गतिवधिहरू बढ्ने र सागलगायत अन्तर्राष्ट्रिय सहभागिता र सफलता बढ्ने अपेक्षा राख्न सकिन्छ । नयाँ वर्षसँगै खेलकुद गतिविधिमा सफलता मिल्ने अपेक्षा गर्न सकिन्छ २०७४ सँग ।