दुर्घटनामा गायक शाहीको निधन

बागलुङ / रास– लोकगायक प्रदीप शाही (दलबहादुर शाही) को मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको छ । ‘बसमा चढेर, नहेर मायाले आँखा तरेर… गीतबाट चर्चा कमाएका जैमिनी नगरपालिका–१ (कुश्मिसेरा–९४) निवासी शाहीको कुश्मिसेराको टारीमा दुर्घटनाबाट ज्यान गएको हो ।

उनले चलाएको मोटरसाइकल कच्ची सडकदेखि करिब सात मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक अनिल खड्काले दिएको जानकारीअनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा निधन भएको हो । मृतक शाहीका श्रीमती, एक छोरा र एक छोरी छन् ।