अभिनेत्री निशाले बनाइन् झ्याइ“कुटी

काठमाडौं / रास– करिश्मा मानन्धर, रेखा थापा, झरना थापा, नम्रता श्रेष्ठलगायत विभिन्न अभिनेत्रीहरूले चलचित्र निर्माण गरिसकेका छन् । यसैक्रममा अभिनेत्री निशा अधिकारी पनि चलचित्र निर्माणमा उत्रिएकी छन् । निर्देशक सिमोस सुनुवारसँगको सहकार्यमा निशाले आफ्नो लगानीमा चलचित्र ‘झ्याइँकुटी’ निर्माण गरेकी छन् ।

यो चलचित्रको सम्पूर्ण छायांकन कास्कीको धम्पुसमा सकेर आफ्नो टोली बुधबार नै काठमाडौं फर्किएको निशाले बताएकी छन् । उनका अनुसार यो चलचित्रको छायांकन एक महिनामा सकिएको  छ । चलचित्रलाई निर्देशन पनि सिमोस सुनुवारले नै गरेका हुन् ।

यो चलचित्रमा सौगात मल्ल, कर्मा शाक्य, बेनिशा हमाललगायतको मुख्य भूमिका रहेको छ । चलचित्रको प्रदर्शनी आगामी ८ भदौबाट देशव्यापी रूपमा गर्ने घोषणा पनि निशाले गरेकी छन् ।