नेपालको दिशाहीन राष्ट्रवाद र भारतको दृष्टिकोण

नेपालको दिशाहीन राष्ट्रवाद र भारतको दृष्टिकोण

बालकृष्ण बराल

हामी अहिले राष्ट्रवादका धेरै कुरा गर्छौं । तर, जति कुरा गर्छांै, त्यति नै राष्ट्रियताको दृष्टिकोणले कमजोर बन्दै गइरहेका पनि छौं । राष्ट्रवादको जतिसुकै ठूला र लामालामा कुरा गरे पनि राष्ट्रवाद केहो भन्ने कुरा नबुझीकन वास्तवमा राष्ट्रवादको प्रवद्र्धन हुन सक्तैन । राष्ट्रवादलाई आफ्नो पार्टीको कार्यक्रमको रूपमा, आफ्ना राजनीतिक विचारहरूको प्रचार–प्रसारको माध्यमका रूपमा, केवल भाषण नै हो राष्ट्रवाद भन्ने सोचका साथ परिभाषित गर्न खोजिएको देखियो । यो त राष्ट्रवाद नभएर राष्ट्रघात मात्र भयो । राष्ट्रवाद वास्तवमा अरू केही नभएर असल शासन हो जहाँ देशलाई माया गरिन्छ, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गरिन्छ र सम्मानित बनाइन्छ । देशभित्र बस्ने जनताबिच आपसी सद्भाव विकास गर्ने नीति तथा कानुनको व्यवस्था गरिन्छ, राष्ट्रिय एकतालाई वलीयो बनाइन्छ, देशलाई आर्थिक उन्नतितर्फ अगाडि बढाइन्छ, जनतालाई रोजगारीको उचित व्यवस्था र समृद्ध जीवन जिउने अवसर प्रदान गरिन्छ । कानुनी राज्यको अनुभूति सबै जनतालाई गराउने गरी सामाजिक अपराधहरू निर्मूल पार्ने र शान्ति सुव्यवस्था कायम गर्नेजस्ता विषयमा सरकार, राजनीतिक दल र तिनका नेताहरू निस्वार्थ ढंगले लागिपरेका हुन्छन् । यसको अलावा राष्ट्रवादका बाह्य पक्षहरू पनि उत्तिकै महŒवपूर्ण हुन्छन् । त्यो भनेको विदेशी राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध हो । राष्ट्रलाई बलियो र विश्व समुदायमा सम्मानित बनाउन, जनता र देशको गौरब बढाउन विदेशीसँगको सम्बन्ध सुमधुर हुन जरुरी हुन्छ ।

विदेशीसँगको व्यापारिक सम्बन्ध, राजनीतिक सम्बन्ध, सांस्कृतिक सम्बन्ध, सैन्य सम्बन्ध, अन्तर्राष्ट्रिय मञ्चमा गएर खेलिने महŒवपूर्ण नेतृत्वदायी भूमिकाहरू आदिबाट बाह्य राष्ट्रवादलाई बलियो बनाउन सकिन्छ । तर, नेपाली राष्ट्रवादले कहिल्यै एउटा सीधा बाटो लिन सकेन । अत्यन्त बांगोटिंगो बाटोमा दिशाहीन र गतिहीन अवस्थामा नेपाली राष्ट्रवाद इतिहासदेखि अहिलेसम्म लडखडाइरहेको छ । राणाकालीन राष्ट्रवाद जहानियाँ शासन व्यवस्थाको वरपर सीमित थियो । राणाशासन टिकाउनु र जनतालाई सकेसम्म कमजोर बनाई हुकुमको भरमा देश चलाउनु, विदेशीसँग सकेसम्म कम सम्बन्ध राख्नु राणकालीन राष्ट्रवादको विशेषता थियो । त्यसपछि पञ्चायती व्यवस्थाले ३० वर्षसम्म शासन ग¥यो जहाँ पञ्चायती व्यवस्थालाई सबैले मान्नु र दलगत राजनीति नगर्नु नेपालको राष्ट्रवाद हो भन्ने निरंकुश राष्ट्रवादको भावना लाद्ने काम गरियो । त्यसपछि बहुदलीय व्यवस्था आयो, जहाँ दलहरू र दलका नेताहरूले जे गरे पनि हुने, दिउँसै रात पार्नेगरी श्वेत भ्रष्टाचार गर्न पनि पाइने, कानुनी राज्यको सट्टा गुन्डा राजलाई महŒव दिने, आफ्ना नाता कुटुम्ब र भाइ भारदारहरूलाई नै सबै प्रकार अवसरहरू उपलब्ध गराउने जस्ता जघन्य अपराध र अराजक गतिविधिलाई राष्ट्रवादको परिभाषाभित्र राख्न खोजियो । त्यो पनि टिकेन र गणतन्त्रात्मक बहुदलीय व्यवस्था २०६२÷६३ मा लागू गरियो । यसले त राष्ट्रवादको सही अर्थ लगाउला भन्ने थियो, तर देशको राष्ट्रियता झनै कमजोर बनायो । जनताबीच एक आपसमा झैझगडा, क्षेत्रीयताको भावना र आफ्नो मूल राष्ट्रियताप्रति गौण मनोभावना विकास हँुदै गयो । सामाजिक सद्भाव भत्कियो, वैदेशिक सम्बन्धका हिसाबले राष्ट्रलाई पुरै पराधीनजस्तै बनाइयो र परनिर्भर बनाइयो । न आन्तरिक राष्ट्रवाद, न बाह्य राष्ट्रवाद नै सवल बन्न सक्यो ।

नेपालका दुवै छिमेकी अहिले विश्वका सर्वाधिक प्रगतिशील मुलुकका रूपमा परिचित छन् । चीनको राजनीतिक दायरा चीनको सिमानाभित्र मात्र नभएर विश्वव्यापी नै बनिसकेको छ । उसका योजना चीनमा मात्र सीमित नभएर संसारभरिकै लागि निर्माण हुने गरेका छन् । वान बेल्ट वान रोडको चिनियाँ योजनाले विश्वकै विकासमा अप्रत्यासित लहर पैदा गरिरहेको छ । एसियादेखि युरोपसम्मका र अफ्रिकासम्मका सम्पूर्ण मुलुकहरूलाई यसले प्रभाव पारेको छ भने अस्टे«लिया र अमेरिकन महादेशहरूमा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा त्यसको प्रभाव पर्ने नै छ । यसरी संसारलाई प्रभावित गर्दै चीन अगाडि बढिरहेको छ ।
चीनको समृद्धिलाई देखेर उसले गरेका चमत्कारिक उन्नति प्रगतिका कामलाई देखेर विश्वमा इष्र्या गर्नेहरू पनि होलान्, तर उनीहरूको उन्नतिमा पनि विनाआग्रह चीनका नीतहरूले सहयोग पु¥याउँदा विरोध गर्नुपर्ने जरुरी कसैले पनि महसुस गरिरहेका छैनन् । भारत विश्वमा उच्च आर्थिक वृद्धिदरलाई कायम राख्दै आफूलाई समृद्धिको बाटोमा अगाडि बढाइरहेको छ । यो हिजो मनमोहन सिंहको नेतृत्वबाट आरम्भ भएको यात्रा अहिले पनि उही रफ्तारमा अगाडि बढिरहेको छ ।

नेपालले भारतको समृद्धिलाई सकारात्मक रूपमा लिइरहेको पनि छ । हिजो नेपाली आफैं धेरै कुरा नबुझ्ने र भारतले के गर्न खोजेको छ नबुझीकन त्यसलाई एकैचोटी नकरात्मक दृष्टिले हेरिहाल्ने स्थिति थियो । भारत आफैं पनि भारतीय सिमानावरपरका साना छिमेकीहरूसम्म मात्र हेर्न सक्ने हैसियतमा थियो र छिमेकीलाई आफ्नो प्रभुत्वभित्र राख्न पाए मात्र पनि आफ्नो ठूलो सफलता भएको ठान्थ्यो । विश्व राजनीतिसम्म पुग्ने त कुरै छाडौं दक्षिण एसियासम्म हेर्न सक्ने हैसियत पनि भारतले बनाउन सकिरहेको थिएन ।
नेपालीहरू पनि भारतप्रति अत्यधिक नकारात्मक थिए । ज्यादै कम मात्र नेपालीहरू शिक्षित थिए र राजनीति बुझ्न सक्ने त झनै कम थिए । अहिले नेपालीहरू पनि शिक्षामा धेरै अगाडि पुगे । विश्व राजनीतिलाई सहजतापूर्वक जान्न र बुझ्न सक्ने अवस्थामा पुगेका छन् । भारतलाई भित्रदेखि बाहिरसम्म बुझ्ने र त्यसलाई विश्लेषण गर्न सक्ने अवस्थामा पुगेका छन् र विश्व राजनीतिक मञ्चमा भारतका नीतिहरूका बारेमा आफ्ना विचारहरू निडर र स्वतन्त्र ढंगले सुझबुझका साथ राख्न सक्ने भएकाले र विश्व राजनीतिलाई जसरी भारतले बुझेको छ, त्यति नै नेपालीहरूले पनि बुझ्न सक्ने क्षमता विकास गरिसकेपछि अहिले नेपालीहरू भारतप्रति नकारात्मक छैनन् ।

नेपालका दुवै छिमेकी अहिले विश्वका सर्वाधिक प्रगतिशील मुलुकका रूपमा परिचित छन् । चीनको राजनीतिक दायरा चीनको सिमानाभित्र मात्र नभएर विश्वव्यापी नै बनिसकेको छ । उसका योजना चीनमा मात्र सीमित नभएर संसारभरिकै लागि निर्माण हुने गरेका छन् । वान बेल्ट वान रोडको चिनिया“ योजनाले विश्वकै विकासमा अप्रत्यासित लहर पैदा गरिरहेको छ ।

भारतले कतैबाट नेपाललाई कमजोर बनाउने खेल खेलिरहेको छ कि भन्ने बारेमा नेपाली पनि जानकारी राख्न सक्छन् । मोदीजी प्रधानमन्त्री भएपछि नेपालसँगको मित्रतालाई नजिक बनाउने गरी छोटो समयमा दुई–दुईपटकसम्म नेपालको भ्रमण गरे । नेपालीले त्यसलाई राम्रो माने । तर, उनी आफैंले अपरिपक्व व्यवहार देखाउँदै नेपालको संविधान लेखनको विषयलाई लिएर नेपालविरुद्ध नाकाबन्दी गर्ने काम गरे । त्यसले मोदीजीको व्यक्तिगत नेतृत्व क्षमतामा आफसे आफ प्रश्नहरू उब्जाउने काम ग¥यो । त्यो मोदीजीको नेपाललाई हेर्ने परम्परावादी दृष्टिकोणको उपज थियो । संसारको परिवर्तनसँगै नेपालीको हैसियत र क्षमतामा पनि परिवर्तन आएको कुरा नबुझेर त होइन होला, तर गम्भीरतापूर्वक नलिएकै कारण उनले नेपाली जनताको मनमा उठेको मोदीजीप्रतिको उचाइ एक्कासि घटाउने काम गरे ।
अहिले भारतमा मोदीजी लोकप्रिय नेताका रूपमा स्थापित हुनुभएको छ । जति उचाइ भारतमा बनेको छ, नजिकै बसेर त्यो उचाइ देखिरहने नेपाल र अन्य छिमेकीहरूले पनि मोदीजीको उचाइप्रति खुसी मान्न सक्ने वातावरण उनले निर्माण गर्न सक्नुपर्छ । विश्व राजनीतिमा श्रेष्ठता हाँसिल गर्नुपर्ने विश्व राजनीतिमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने भारतले नेपालजस्ता छिमेकीलाई दुःख दिने, सिमानाका पिलर उक्काएर फालिदिने निहुँ मात्र खोजेर साना छिमेकीहरूलाई आफ्नो प्रभुत्वमा राख्न खोज्ने अत्यन्त साना विषयमा अलमलिइरहेको छ, भारत । त्यो व्यवहार अब त्याग्नुपर्छ ।
नेपालका छिमेकी राज्यमा मोदीजीको दलले हाँसिल गरेको सफलताबाट नेपालले पनि आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक फाइदा लिन पाउनुपर्छ । सिमानामा शान्तिसुरक्षाको स्थिति सुदृढ बनोस्, दुवैतर्फका जनताबीचको आपसी सद्भावमा अझ सुधार आओस् , अनि भारत–नेपालबीचको खुला सिमाना नीतिबाट दुवै देशले शंकारहित सुरक्षाको अनुभूति गर्ने वातावरण बनोस् भन्ने हितकर मानसिकता निर्माण हुनुपर्छ । नेपाल र आफ्ना सबै छिमेकी हिजोको जस्तो कुरो नबुझ्ने कमजोर छैनन् भन्ने कुरो बुझेर व्यवहार गरे मोदीजीले विश्व राजनीतिक रंगमञ्चमा आफ्नो उचाइ बढाउन सक्ने निश्चित छ । मोदीजीको दृष्टिकोण बिगार्ने नेपाली लम्पसारवादी दल र नेताहरू पनि हुन त्यसलाई मोदीजीले बुझ्नुपर्छ । आफ्ना व्यक्तिगत र पारिवारिक स्वार्थका कुरा लिएर लम्पसार पर्नेहरूलाई राजनीतिमा विश्वास गर्नुहुँदैन । नेपाली जनतालाई विश्वास गर्नुपर्छ ।