पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

हौस्टन / एजेन्सी– अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लू बुस अस्पताल भर्ना भएका छन् । फोक्सो सुन्निने रोग (निमोनिया) भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

९२ वर्षीय पर्वराष्ट्रपति बुसलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको उनका प्रवक्ताले मंगलबार जानकारी दिएका छन् । उनी शुक्रबार अस्पतालमा भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था सुधारका लागि थप आराम गर्न चिकित्सकले सुझाव दिएको बताइएको छ । उनका प्रवक्ताले पूर्वराष्ट्रपति बुसको स्वास्थ्य अवस्थामा सुधार आइसकेको पनि जानकारी दिए ।