भारतमा बस दुर्घटना हुँदा ४५ को मृत्यु

नयाँ दिल्ली /  एजेन्सी– उत्तरी भारतको हिमालयन क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा ४५ जनाको मृत्यु भएको छ । पहाडी अप्ठ्यारो बाटोबाट गहिरो खोंचमा खसेर बस दुर्घटना भएको घटनास्थलमा पुगेको स्थानीय सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । हिमाञ्चल प्रदेशअन्तर्गत पर्ने सिम्लाका जिल्ला आयुक्त रोहनचन्द ठाकुरले प्रारम्भिक विवरणअनुसार अहिलेसम्म ४५ जनाको मृत्यु भएको पुष्टि गरेका

छन् । घटनामा परी अन्य १२ जना घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीले जनाएका छन् ।

बुधबार दिउँसो ५६ जना यात्रु लिएर गइरहेको बस टोनस नदीमा खसेको थियो । हिमाञ्चल प्रदेशको राजधानी सिम्लादेखि १ सय ९० किलोमिटर दूरीमा धेरै दुर्गम क्षेत्रमा पर्ने गुमा भन्ने ठाउँमा दुर्घटना भएको हो । बस पुलको रेलिङ भत्काउँदै नदीमा टौस नदीमा

खसेको थियो । दुर्घटनामा केही मानिसहरू नदीको तीव्र बहावसँगै बेपत्ता भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । प्रहरीले बेपत्ताको खोजी कार्य गरिरहेको छ । दुर्घटनामा मृत्यु हुने मध्ये ३१ पुरुष १० महिला र तीन बच्चा रहेका छन् । बस हिमाञ्चल प्रदेशको टुनीदेखि उत्तराखण्डको विकास नगरका लागि छुटेको थियो । पहाडी इलाका कारण दुर्घटना स्थलमा पुग्न कठिन भएको अधिकारीले बताएका छन् ।