भारतसँगको द्विपक्षीय व्यापार सम्बन्ध

भारतसँगको द्विपक्षीय व्यापार सम्बन्ध

डा. सुमनकुमार रेग्मी

केहि महिनाअघि भारतका राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण भएको थियो । यसअघि २०७१ साउनतिर पनि भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण भयो । २०७२ असोजदेखि पाँच महिना भारतले नेपालमा नाकाबन्दी ग¥यो । नाकाबन्दी खुलेपश्चात भारतको राष्ट्रपतिको भ्रमण सम्पन्न भएको थियो । नेपाल–भारत द्विपक्षीय संयन्त्र सञ्चालन गर्न बेलाबेलामा विभिन्न स्तरमा दुई देशबीच छलफल भेटघाट हुने गरेको देखिन्छ । यही सिलसिलामा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र सरकारी संयन्त्रका विभिन्न स्तरमा एक–अर्का देशमा भ्रमण तथा छलफल गर्ने प्रचलन  रहिआएको देखिन्छ ।
त्यसै, सन्दर्भमा हाल नेपालको राष्ट्रपतिको भारत भ्रमण भएको छ । यस्ता विभिन्न स्तरका नेपाल–भारत द्विपक्षीय संयन्त्रका बैठक नियमित एवं सुचारु गर्नु नै द्विपक्षीय राम्रो सम्बन्ध सदाबहारका लागि आवश्यक हुन जरुरी छ ।

नेपाल–भारत सचिवस्तरीय

अन्तर सरकारी समितिको बैठक ६–६ महिनामा नेपाल र भारतमा बस्ने प्रावधान थियो । २०१३ डिसेम्बरमा अन्तरसरकारीको बैठक बसेको थियो । यस समितिको बैठकले बेलाबेलामा व्यापार, पारवहन र आर्थिक सहयोगबारेमा थप परिमार्जन गर्दै जाने गरेको देखिन्छ । सो बैठकले द्धिपक्षीय व्यापार सन्धिलाई व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने उपायहरू पहिल्याउँदै जाने गरेको छ । यस्तो बैठक नियमित रूपमा बसेमा दुवै देशलाई फाइदा पुग्न जान्छ, तर बैठक नबसेमा अन्तरसरकारी सञ्चार सम्पर्कको अभावमा द्विपक्षीय सम्बन्ध नराम्रो हुने अवस्थाको सिर्जना हुन आउँछ ।
वाणिज्य सन्धिअनुसार ६–६ महिनामा नेपाल–भारत अन्तरसरकारी समितिको बैठक २०७० पुसपछि अर्थात् साढे दुई वर्षपछि २०७३ असारमा दिल्लीमा सम्पन्न भएको थियो । यो समिति नेपाल–भारतबिच वाणिज्य तथा पारवहन एवं रेल्वे सम्झौता कार्यान्वयनका लागि बनेको हो । समयावधिका बीचमा द्विपक्षीय मामलामा समाधान गर्ने उद्देश्यले यस समितिको बैठक बस्दै आएको देखिन्छ । नेपाल–भारत द्विपक्षीय संयन्त्र सञ्चालन गर्न बेलाबेलामा विभिन्न स्तरमा दुई देशबीच छलफल भेटघाट हुने गरेको देखिन्छ । यही सिलसिलामा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र सरकारी संयन्त्रका विभिन्न स्तरमा एक–अर्का देशमा भ्रमण तथा छलफल गर्ने प्रचलन रहिआएको देखिन्छ । नेपाल–भारत द्विपक्षीय संयन्त्रका बैठक नियमित एवं सुचारु गर्नु नै द्विपक्षीय सम्बन्ध सुधारका लागि  आवश्यक छ ।

नेपाल–भारतबीचको व्यापार सन्धि मैत्रीपूर्ण, सहुलियतपूर्ण र सहयोगी सन्धिमा अवश्य छ । यद्यपि, व्यवहारमा भने व्यापक कठिनाइ उत्पन्न भएकाले नेपालको निकासी भारतमा ह्वात्त बढ्न सकेको छैन । नेपाल–भारत व्यापार गर्दा बेलाबेलामा कठिनाइ उत्पन्न गरेको देखिन्छ । सन् २००९को नेपाल–भारत व्यापार सन्धि सन् २०१६ सम्म कायम थियो । त्यतिकै बीचमा नेपालले नाकाबन्दी बेहोर्नुपरेको थियो । नयाँ व्यापार सन्धिले नेपालको आर्थिक विकासमा महŒवपूर्ण भूमिका खेली तेस्रो देशहरूसँग व्यापार विविधीकरण तथा प्रवद्र्धन गर्ने भने पनि नेपालको वैदेशिक व्यापार भारतसँग मात्र अघिल्लो आवसम्म २०७२÷७३ मा करिब ६२ जति छ ।
भारतसँग भएको नेपालको निकासी व्यापारको मूल्य र परिमाण सबभन्दा उच्चतम् बिन्दुभन्दा तल झर्न नदिन यस्तो अन्तरसरकारी बैठक समय–समयमा बस्नुपर्ने उपयुक्त हुन्छ । नेपाल–भारत व्यापार सन्धि (२००९) अनुसार नेपालबाट भारतमा निकासी गर्न मनाही गरिएका तीन वस्तु र परिमाणात्मक कोटामा भएका चार वस्तुहरूबाहेक अरू सबै नेपाली वस्तुहरू भारतमा निकासी गर्दा सहुलियतपूर्ण व्यबहार भनिए पनि ३० प्रतिशतको सम्मिश्रणले गर्दा नेपालको धेरै वस्तुहरू (२ सयभन्दा बढी) मा भारतको अतिरिक्त भन्सार शुल्कको मारले नेपालको निकासी कहिलेकाहीँ कुनै वस्तु त भारत निकासीमा ठप्प बन्न जान्छ । तर, भारतबाट नेपालमा आयातमा पटक–पटक भारतको एकतर्फी रोकावट देखापर्छ । हरेकपटक नेपाल–भारत व्यापार सन्धि नयाँ गरे पनि यस्ता समस्या सदा रहिरहेकै देखिन्छ । यसबाट नेपालको निकासीप्रति भारतको दृष्टिकोण छर्लंग हुन्छ ।

नेपाल–भारतबीचको व्यापार सन्धि मैत्रीपूर्ण, सहुलियतपूर्ण र सहयोगी अवश्य छ । यद्यपि, व्यवहारमा भने व्यापक कठिनाइ उत्पन्न भएकाले नेपालको निकासी भारतमा ह्वात्त बढ्न सकेको छैन ।

नेपालको भारतमा निकासी सम्भावना भएका वस्तुहरूमा जहिले पनि केही न केही समस्या देखा परी नेपालको निकासीमा असर परेको देखिन्छ । जुनसुकै नेपाली निकासी उत्पादन, पाकिस्तानी र अरू दक्षिण एसियाली देशका उत्पादनमाथि भारतको नियत स्पष्ट देखिन्छ । यसको पछाडि भारतले नेपालसहित अरू एसियाली देशहरूलाई भारतीय वस्तुका बजार मात्र बनाउन खोजेको त होइन भन्ने प्रस्ट झल्किन्छ ।
नेपाल–भारतबीच जे–जस्ता व्यापार सन्धि भए पनि अद्यावधिक प्रावधान सकारात्मक रूपमा देखिएको अवस्थामा पनि भारतले नेपालबाट आफ्नो पैठारीमा कहिले अतिरिक्त शुल्क लगाउने, कहिले समयअनुसार फरक प्रवृत्तिका नेपालको निकासीमा असर गर्ने खालका नपत्याउँदो प्राविधिक एवं प्रक्रियागत अप्ठेरा सजिलै पटक–पटक देखापर्न गएका देखिन्छन् ।

कहिले नेपालको कृषि, पशु, एवं बन–उन्मुखका उत्पादनलाई भारतीय प्रयोगशाला परीक्षणले त कहिले भारतमा आफ्ना केन्द्रीय र राज्य सरकारहरूबीचको समन्वयको अभाव, कहिले नेपाली निकासी वस्तुमा अन्तर्राष्ट्रिय मापदण्डको वास्ता नगरी नेपाली वस्तुमा भारतको एकाधिकार व्यवहारले नेपाली निकासी वस्तुलाई असर गरेको छ ।
नेपाल–भारतबीचको व्यापार अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पारवहन र भूपरीवेष्ठित देशको सम्बन्धका आधारमा दुवै देशले पालना गर्नु दुवै देशको कर्तव्यभित्र पर्छ । उपर्युक्त विचार अनुसरण गर्दा नेपाल–भारतबीचको व्यापारमा अवरोधहरू सदाबहार विद्यमान भएकाले लगानीभन्दा बढी नेपाल–भारत व्यापार प्रवाह विशेषतः नेपालको भारतमा निकासी पक्षलाई समेटी द्वीपक्षीय व्यापार तथा लगानी विवाद व्यवस्थापन संयन्त्र बनाइनुपर्छ । नेपालको निकासी भारतमा नजाने हो भने भारतीय लगानी नेपालका लाीग के अर्थ हुन्छ र ? यस्ता बुद्धाहरू काठमाडौंमा हुने नेपाल–भारत अन्तरसरकारी बैठकमा राखिनुपर्छ । साथै पारवहन मामला त लम्बिन गएमा विश्व व्यापार संगठनको प्रावधान खोतली आवश्यक कारबाही र क्षतिपूर्तितर्फ लाग्न आवश्यक देखिन्छ ।
भारत नेपालको सबभन्दा ठूलो व्यापारिक साझेदार हो । हाल पनि नेपालको दुई तिहाइभन्दा बढी व्यापार भारतसँग हुने गर्छ । आर्थिक वर्ष सन् २०१२÷१३ मा भारतबाट नेपालमा ३ सय ९८ अर्बको आयात र नेपालको भारतमा निर्यात ५२ अर्ब भएको छ । आव २०१५÷१६ मा नेपालबाट भारतमा ३९ दशमलव ५ अर्बको निकासी र भारतबाट नेपालमा ४८३ दशमलव ३ अर्बको आयात भएको छ । नेपाल–भारत व्यापारमा नेपालको व्यापार घाटा ४४३ दशमलव ७ अर्ब रहेको छ । आव २०१६÷१७ को आठ महिनामा भारतसँगको व्यापार घाटा ३ खर्ब ८० अर्ब भएको छ ।

साफ्टामा नेपालले पाएको सुविधा नेपाल–भारत व्यापार सन्धिमा समेटिनुपर्ने बताइएको छ । साफ्टाअन्तर्गत नेपालले कृषि वस्तु आयात गर्दा कर लगाउन पाउने प्रावधान रहेको भए पनि नेपाल–भारत व्यापार सन्धिअन्तर्गत कर लगाउन नपाउने व्यवस्था रहेको देखिन्छ । यस लेखमा अन्गिन्ती महŒवपूर्ण भारतसँग उठाउन पर्ने मुद्दाहरू छन् ्। हाल नेपालको सबभन्दा उच्चस्तरीय भ्रमण भएको बेला यस्ता विषयमा ध्यान आकर्षण हुनुपर्ने हो, तर त्यसै थन्किएर बस्दै आएको देखिन्छ ।

(लेखक व्यापार तथा निकासी प्रवद्र्धनका पूर्वनायब कार्यकारी निर्देशक हुन् ।)