एनएमबी बैंक र सिद्धार्थ बिजनेस गु्रपबीच सम्झौता

काठमाडौं / रास– एनएमबी बैंकका ग्राहकले सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी अन्तर्गतका विभिन्न आउटलेटबाट १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूले भिसा कार्ड प्रयोग गरी सो छुट प्राप्त गर्न सक्नेछन् ।

एनएमबी बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच भएको  सम्झौतामा बैंकका प्रमुख व्यापार अधिकृत सुदेश उपाध्याय तथा सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे । एनएमबी बैंकका ग्राहकहरूलाई केही अतिरिक्त सुविधा प्रदान गरेर ग्राहक अनुभव वृद्धि गर्नु नै यस सम्झौताको मुख्य उद्देश्य रहेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी आतिथ्य उद्योगमा देशभर आफ्नो सञ्जाल विस्तार भएको एक प्रमुख व्यापारिक समूह हो भने हाल एनएमबी बैंकले ७२ वटाभन्दा बढी शाखा कार्यालय, ५६  एटीएम, ७ एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सुविधा तथा सुलभ रेमिट सेवा सञ्चालन गर्दै आएको छ ।