आईसीएफसीका थप दुई शाखा

काठमाडौं / रास– आईसीएफसी फाइनान्सले चितवनको जयमंगला तथा खुरखुरेमा १३औं तथा १४औं शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सको जयमंगला तथा खुरखुरे शाखाको उद्घाटन फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तले गरे । उनले आगामी दिनमा यस फाइनान्सले अझै उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

आव २०७३÷७४ को चैत मसान्तमा १६ करोड खुद नाफा आर्जन गरेको सो फाइनान्सले हालसम्म १२ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १० वटा एटीएममार्फत आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ । चुक्तापु“जी ८० करोड १७ लाख रहेको सो फाइनान्सले हालसम्म ४१ हजारभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै  ६ अर्ब ४३ करोड निक्षेप संकलन र ५ अर्ब ३८ करोड कर्जा प्रवाह गरिसकेको बताएको छ । कम्पनीले निकट भविष्यमै चितवनको ज्योतिनगरमा समेत शाखा सञ्चालन गर्ने बताएको छ ।