लक्ष्मी बैंकको अरेन्ज बचत खाता

काठमाडौं / रास– लक्ष्मी बैंकले अरेन्ज बचत खातालाई केही नयाँ सेवा सुविधासहित वार्षिक ७ प्रतिशत ब्याजदर ल्याएको छ । सो बचत खाताका ग्राहकले ५ लाखको न्यूनतम मौज्दात कायम राखी कुनै थप सेवाशुल्क विना नै १० लाखबराबरको बिमा सुविधा र अन्य बैंकिङ सुविधामा छुट पाउने व्यवस्था रहेको बैंकले बताएको छ ।

न्यूनतम मौज्दातभन्दा माथि भएको मौज्दात रकमलाई ग्राहकले बैंकको उच्चतम ब्याजदरमा अन पिmक्सिड डिपोजिट खोल्न मिल्ने व्यवस्थासमेत गरिएको बैंकले जनाएको छ । यसका अतिरिक्त लक्ष्मी बैंकले आफ्नो अन्य बचत खातामा पनि ब्याज पुनरावलोकन गरी ब्याजदर वृद्धि गरी साधारण बचत खातामा ५ प्रतिशत  र विशेष बचत खाताहरूमा ६ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।