नामी कलेजद्वारा बिदाइ कार्यक्रम

काठमाडौं÷रास– नामी कलेजले २०१५–२०१७ शैक्षिक सत्रका ४४ विद्यार्थीलाई होटल सोल्टीमा आफ्नो बिदाइ कार्यक्रम सम्पन्न  गरेको छ ।  कलेजले ए लेभल २०१५÷१७ शैक्षिक सत्रका विद्यार्थीलाई बिदाइ कार्यक्रम आयोजना ग¥यो । कार्यक्रम औपचारिक एवं अनौपचारिक गरी दुई चरणमा सम्पन्न गरिएको थियो । औपचारिक कार्यक्रममा नामीका अध्यक्ष डा. आरजु राणा देउवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक क्या. रामेश्वर थापा, उमा राज्यलक्ष्मी शाह, सोनी जोशीलगायत व्यवस्थापन टिमको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्था अध्यक्ष डा. आरजु राणा देउवाले विद्यार्थीलाई शुभकामना एवं उज्ज्वल भविष्यको कामना गर्नुका साथै शिक्षाको महŒवका विषयमा प्रकाश पारेकी थिइन् ।
प्रमुख कार्यकारी अधिकृत योगराज कँडेल शर्माले विद्यार्थी र शिक्षकको महŒव एवं अगामी दिनमा अब्बल विद्यार्थी बन्नसमेत शुभकामना दिए । प्राज्ञिक संयोजक ऋषिकेश वाग्ले एवं सम्पूर्ण विभागका प्रमुखको उपस्थिति रहेको थियोे साथै औपचारिक कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रम जस्तैः संगीत, नृत्य आदि प्रस्तुत गरिएको थियो ।
कलेजले बेलायतको नर्थआम्टन विश्वविद्यालयको साझेदारीमा एमबीए, बीबीए (अनर्स) बीएससी (अनर्स), कम्प्युटिङ सफ्टवेयर इन्जिनियरिङ, बीएससी (अनर्स), नेटवर्किङ बीएससी (अनर्स) र वातावरण विज्ञानका कक्षा सञ्चालन गर्दै आइरहेको छ ।