राष्ट्रपति आज फर्किंदै

काठमाडौं / रास– भारतको पाँच दिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज (शुक्रबार) स्वदेश फर्किंदै छिन् । उनी पाँच दिने राजकीय भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेकी थिइन् । भारतमा रहँदा राष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता गरेकी थिइन् ।

राष्ट्रपति भण्डारलीले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । त्यस्तै, भारतीय विदेशमन्त्री सुष्मा स्वराज, वित्तमन्त्री अरुण जेट्ली र गृहमन्त्री राजनाथ सिंहसँग समेत उनले वार्ता गरेकी थिइन् । भेटका क्रममा भारतीय पक्षले नेपालको संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचनको विषयमा चासो देखाएका थिए । राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा भारतको राजकीय भ्रमणमा गएकी हुन् । उनलाई गार्ड अफ अनर प्रदान गरिएको छ ।