पहिरोले पुरिएर चारको मृत्यु

कालीकोट / रासस– स्थानीय लालीघाट बजारमा बिहीबार साँझ आएको पहिराले एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–१ साविक कुमालगाउँ गाविस–९ का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन् ।

घटनामा सान्ने त्रिवेणी–३ की भावना देवकोटा रहेको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए । पहिरोले चिया पसलमा चिया खान बसेकाहरू र पसल सञ्चालकको मृत्यु भएको हो । अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले अहिले पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको बताए ।