कोरम नपुगेर संसद् बैठक स्थगित

राजधानी समाचारदाता

काठमाडौं, ७ वैशाख

व्यवस्थापिका संसद्को बिहीबारको बैठक कोरम नपुगेर स्थगित भएको छ । विद्युत् नियमन आयोग विधेकयलाई सैद्धान्तिक स्वीकृतिका लागि प्रस्तुत गर्दा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कोरमको कुरा उठाएका थिए । सभामुखले गणपुरक संख्याका लागि संसद् सचिवालयका कर्मचारीलाई गणना गर्न  लगाउँदा ९१ जना सांसद मात्रै उपस्थित थिए ।

संविधानबमोजिम कोरम पुग्नका लागि आवश्यक कुल संख्याको एक चौथाइ अर्थात् १ सय ४९ जना आवश्यक पर्छ ।  कोरम नपुगेपछि बैठक आइतबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।