शरदका पातहरू निर्माण हुने

काठमाडांै / रास– राज्य राई देमिनको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘शरदका पातहरू’ को बिहीबार राजधानीमा एक समारोहबीच मुहूर्त भयो । आगामी १४ वैशाखबाट यो चलचित्र धरान, धनकुटा र भेडेटारलगायतका क्षेत्रमा छायांकन गरिने निर्माण पक्षले कार्यक्रममा जानकारी गरायो । चलचित्रमा सुभाष मेचे, श्रेया दुलाल, अजित राई, मनीषा श्रेष्ठ, सुवास गजुरेल, बमिता जीएम, श्यामकुमार राईलगायतको अभिनय रहनेछ ।

समाजिक विषय र प्रेमकथामा निर्माण हुन लागेको चलचित्रमा टीएन भण्डारी ‘गणेश’ को कथा, कुमार श्रेष्ठको द्वन्द्व निर्देशन, राज्य राई, देमिनको संगीत, वीरेन्द्र भाटको छयांकन÷सम्पादन वीरेन्द्र भाट, ओमन रानाको नृत्य निर्देशन रहने मुहूर्त समारोहमा जानकारी गराइयो ।