महानगरमा कर्मा र केकी

काठमाडौं / रास– जनसंख्याको वृद्धिसँगै मुलुकमा महानगरपालिका बढ्दै छन् । महानगरपालिकामा बस्नेहरूको संघर्षलाई कथा बुनेर चलचित्र महानगर निर्माण हुने भएको छ । यसअघि वृत्तचित्र निर्देशन गर्दै आएका मोहन राईले चलचित्र ‘महानगर’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । यस चलचित्रका लागि मुख्य भूमिकामा आफूले कर्मा शाक्य र केकी अधिकारीलाई चयन गरेको मोहनले जानकारी गराएका छन् । कर्माको पछिल्लो फिल्म लुट–२ ले राम्रो व्यापार ग¥यो भने केकीको घामपानी अहिले पनि मुलुकका पाँच दर्जन सिनेमा हलमा सफलतापूवर्क प्रदर्शनी भइरहेको छ ।

त्यसो त गत वर्ष कर्मा र केकीको चलचित्र ‘लभ सासा’ प्रदर्शनमा आएको थियो । तर, लभ सासाले त्यति राम्रो व्यापार गर्न सकेन । यद्यपि, आफ्नो चलचित्रमा कर्मा र केकी नै सही चरित्र भएकाले यस जोडीले आफूले लिएको निर्देशक राईको भनाइ छ ।

मुलुकमा चारवटा महानगरपालिका भए पनि काठमाडौं महानगरपालिकामा युवा–युवतीले गर्ने संघर्षमा आफ्नो चलचित्र केन्द्रित रहने निर्देशक राईको भनाइ छ ।