थलिएका लोकगायक लामालाई ह्विलचेयर

ध्रुव अधिकारी / राजधानी

हेटौंडा, ७ वैशाख

आलु र तामा हजुर छेपारोलाई जामा भ्यागुतालाई इस्टकोट… यो गीत अहिलेसम्म जनजिब्रोमा झुन्डिएको छ । तर, यसका गायक भने गुमनाम छन् । ४१ वर्षअघि रेकर्ड भएको गीतले अहिले पनि स्रोताको मन जितिरह“दा यसका गायक सोमबहादुर लामा कष्टकर जीवनयापन गरिरहेका छन् ।

पा“च वर्षअघि पक्षघात भएपछि लोकगायक लामा घरभित्र सीमित भएका छन् । उनलाई २०६८ साल चैतमा पक्षघात भएको थियो । पक्षघातले हि“डडुल र बोल्नसमेत नसक्ने भएपछि उनी हेटौंडा उपमहानगरपालिका–१० मा रहेको घरको चौघेरामै सीमित भएका हुन् । उनका दैनिक कर्म र हि“डडुलका लागि परिवारको सहयोग लिनुको विकल्प छैन ।

लोकगायक थला परेको खबर पाएपछि चितवनका एक दम्पतीले बुधबार लामाको घरमै पुगेर एक थान ह्विलचेयर प्रदान गरेका छन् । चितवनको भरतपुर अस्पतालमा कार्यरत डा. अजय न्यौपाने र डा. सरु थापाले ह्विलचेयरसहितका सामान लामालाई सहयोग गरेका हुन् ।

ह्विलचेयर पाएपछि खुसी भएका गायक लामाका आ“खामा आँसु थामिन सकेन । ह्विलचेयरकै कारण नेपाली संगीतिक क्षेत्रका स्रष्टा थलापरेको र हि“डडुल गर्न नसकेको थाहा पाएपछि सहयोग गरेको डा. न्यौपानले बताए ।

ह्विलचेयर भएपछि वरपर घुम्न सहज हुने लामाकी जीवनसंगिनीले बताइन् । घरभित्रैको संसारमा पाँच वर्ष बिताएका गायक लामाले ह्विलचेयरको माध्यमबाट बाहिरी संसार हेर्न पाउने भएका छन् ।

आर्थिक अभावका कारण उपचार हुन नसकेको लामाका बाल्यकालदेखिका साथी देव श्रेष्ठले बताए । १९९९ सालमा भीमफेदीमा जन्मेका उनको घरमा ७१ वर्षीया पत्नी मात्र साथमा छिन् । एउटै छोरा अहिले दुबईमा रोजगारीमा छन् ।

छोराले पठाएको पैसाको भरमा घलान परिवारले प्राण धानिरहेका छन् । घलानको उपचारका लागि मकवानपुर चेली समाज, मकवानपुर युवा समाज, काठमाडौंका विभिन्न संघसंस्थाहरूले सहयोग गरेका थिए । अहिले सहयोगको क्रम पनि टुटेको छ । पक्षाघातको रोगका कारणले थला परेका लामालाई पत्नीले स्याहार–सुसार गर्दै आएकी छन् ।

‘आलु र तामा….’ रेडियो नेपालमा २०३२ मा रेकर्ड भएको थियो । यो गीत अहिलेको युवा पुस्तामा पनि उत्तिकै लोकप्रिय रहेको छ । तामाङ भाषाको र लोकगीतको गरी दुईटा एल्बम बजारमा ल्याउने तयारी गरिरहेको अवस्थामै उनी थलापरेकाले यो कार्य पनि पूरा हुन सकेको छैन ।

आयआर्जनको कुनै पनि माध्यम नभएको गीतकार घलान तामाङ समुदायमा जिल्लामा नै एसएसली उत्तीर्ण गर्ने पहिलो व्यक्तिसमेत हुन् । नेवारी, तामाङ र अंग्रेजी भाषा बुझ्ने गायक लामा बोल्न नसक्ने भएपछि आ“खा र हातको इसाराले कुरा गर्छन् ।