मोर्चाको लाठी जुलुस

बारा / रास– स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आन्दोलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार बारामा लाठी जुलुस प्रदर्शन गरेको छ ।

३१ वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सरकारले मोर्चाको माग पूरा नगरुन्जेल निर्वाचन हुन नदिने भन्दै लाठी जुलुस प्रदर्शन गरेका हुन् । संविधान संशोधनमार्फत मधेसको माग सम्बोधन नहुँदै स्थानीय तहको निर्वाचन आपूmहरूलाई स्वीकार्य नहुने बताउँदै विरोधमा उत्रेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार बाराको सदरमुकाम कलैयामा लाठी जुलुस प्रदर्शन गरेको हो ।