एमालेले ग¥यो उम्मेदवार सिफारिस

बर्दिया / रास– लामो छलफल र रस्साकस्सीपछि नेकपा एमाले बर्दियाले ६ नगरपालिकामा मेयर, उपमेयर र २ गाउँपालिकामा अध्यक्ष उपाध्यक्षका उम्मेदवारको सिफारिस प्रदेश कमिटीमा पठाएको छ ।

गुलरिया नगरपालिकामा मेयर पदका लागि हरि ज्ञवाली, विना ज्ञवाली र अमरबहादुर खड्का तथा उपमयेरमा टीका सम्सेली, लक्ष्मी गौतम र लोकबहादर वलीको नाम सिफारिस भएको छ । बाँसगढी नगरपालिकमा मेयरमा शालिकराम अधिकारी, खडकबहादुर खड्का र शिवकुमारी सापकोटा तथा उपमेयरमा देवीमाया बस्याल, चन्द्रवती न्यौपाने र शुष्मा चौधरीको नाम सिफरिस भएको छ ।

यस्तै, ठाकुरबाबा नगरपालिकामा खगेन्द्र खनाल, घननाराण श्रेष्ठ र खुसीराम थारू, मयेरमा र उपमेयरमा विना भट्टराई, मैसा चौधरी र मीनाकुमारी चौधरी सिफारिसमा परेका छन् । मधुवन नगरपालिकामा मेयरका लागि दुर्गा वली, टंक पौडेल र मुकुन्द ज्ञवाली तथा उपमेयरमा मनु भण्डारी, शान्तिदेवी श्रेष्ठ र हीरा चौधरी सिफारिसमा परेका छन् । यसैगरी, बारा–बर्दिया नगरपालिकामा मेयर पदका लागि पदम ढकाल, अतिराम थारू र रामबहादुर चौधरीको नाम सिफारिस गरिएको छ भने उपमेयरमा कमला ज्ञवाली, पुष्पा वली र नारायणी चौधरीलाई सिफारिस गरिएको छ । राजापुर नगरपालिकामा पहाडी थारू, वैद्यनाथ झा र सिर्जना थापाको नाम मेयरका लागि सिफारिस गरिएको बताइएको छ । बढैया गाउँपालिकाको अध्यक्षमा लालबहादुर श्रेष्ठ, दिलबहादुर केसी र कौशिला सिंहको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा कृष्णा गुरुङ, सावित्री भुसाल र दीपा गौतम परेका छन् । यसैगरी, गेरुवा गाउँपालिकाको अध्यक्षमा नूतन चौधरी, बमबहादुर खनाल र सितामैया शाही तथा उपाध्यक्षमा मञ्जु शर्मा, सीताजानकी चौधरी र शान्ति रिमालको नाम सिफारिस भएको जिल्ला कमिटी बर्दियाले जनाएको छ ।