कालिकोटको पहाड खस्दा एकै घरका तीन सहित चार जनाको मृत्य

प्रेमराज सिम्खाडा / राजधानी
कालिकोट, ८ बैशाख ।

कालिकोट जिल्लाको जिते पुलपारी पहाड खस्दा चार जनाको मृत्यु भएको छ । अतयाधिक परेको पानीका कारण माथिवाट पहाड खस्दा कालिकोट जिल्लाको जिते वजारमा एकै घरका तीन सहित चार जनाको मृत्यु भएको हो । अत्याधिक पानी पछि चटान खसेर नरहरीनाथ गाउ पालिका वडा नं १ साविकको कोटवाडा गाबिसका एकै घरका तीन जना सहित सान्नी त्रिवेणी गाउ पालिका ९ का एक जना गरि चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

लालटीघाट क्षेत्रमा पर्ने पुलको छोउमा होटल ब्यवसाय गदै आएका नरहरीनाथ गाउ पालिका १ का अन्दाजी वर्ष ४५ का गोर्खवहादुर बिक, उहाँकी श्रीमती वर्ष ३५ की धना बिक, छोरी वर्ष १३ की वाजपुरा बिक र सान्नी त्रिवेणी गाउपालिका वडा नं ९ का अन्दाजी वर्ष ३० का लोकवहादुर केसिको ज्यान गएको प्रहरीले वताएको छ ।
पानी परेपछि होटल भित्र वसेका सह परिवार र केसिलाई माथि वाट खसेको पहाडले किचेर ज्यान लिएको हो । घटनाका वारेमा थप वुझ्न प्रहरीको टोली आज बिहान मात्र सो क्षेत्रमा पुगेको जनाईएको छ । हिजो अत्याधिक पानीका कारण प्रहरी टोली घटना स्थलमा जान नसकेको प्रहरीले वताईएको छ । भौगोलिक रुपमा सारै जोखिम क्षेत्र जिते वजार र आसपासको क्षेत्रमा घर टहरा वनाएर नवस्न वारम्वार स्थानिय प्रशासनले सुझाव दिंदा पनि मानिसहरु अझै वस्न नछोडेका कारणले यो घटना भएको हो । गत वर्ष जेठ ८ गते राती पनि माथि वाट आएको खहरे खोलाले वगाएर ६ जनाको ज्यान लिएको थियो भने करौडौको क्षति पुगाएको थियो ।