प्रवासी गीत संगीतमा “भण्डारी”

प्रवासी गीत संगीतमा “भण्डारी” 

 गीत संगीत मानव जीवनमा मनोरञ्जनको एउटा पाटो हो।संगीत बिना मानविय जीवन निरश भएको गीत संगीतका पारखीहरू बताउँछन्। चाहे उ घर देशमा होस् या त परदेशमा। वा दुःखमा पिल्सिएको होस् या त सुःखमा रमाएको। जुन सुकै अबस्थामा पनि गीत संगीत उसलाई खाँचो हुन्छ। तत्कालिन राज्यको अवस्थाले २०६१ साल जेष्ठ १८मा नेपाली सेनाको जागीरलाई चटक्क माया मारेर बस्न बाध्य पारेको बताउने उत्तम भण्डारी बताउँछन् ।

परिवारको सपनालाई साकार पार्न सरकारले दिएको हरियो पासपोर्टलाई झोलाको गोजीमा राखेर कमाउने र भविष्यमा चालिस काटेपछि मज्जाले परिवार सँगै रमाउने उद्देश्यले खाडी मुलुकको कतार होमीएका गितकार/संगितकार उत्तम भण्डारीले कतारको सांगितिक फाँटमा आफ्नो बलियो उपस्थिती देखाउन सफल भएका छन । विदुर ९ आंगुटार,नुवाकोटमा बाबु तोरन बहादुर र आमा साईली मायाँको कोखबाट जेष्ठ सुपुत्रको रुपमा ३५ बर्ष अघि जन्मीएका भण्डारीले कतार आउनु अगाडि कहिल्यै सोचेका थिएनन् म खाडीमा पुग्नेछु र गीत संगीतमा यसरी लागिपर्नेछु भनेर।राष्ट्रको सेवा र सुरक्षमा दैनिकी गुजारीरहेका भण्डारी एका-एक देशको असहज परिस्थितिमा घरपरिवारको जबस्तीले नेपाली सेनाको जागीरलाई छोड्न बाध्य भए। जन–आन्दोलन चर्किए लगत्तै वेरोजगार हुनुको पीडा उनको मनमा चर्कीन थाल्यो।दुःख पीडालाई सँग सँगै परिवारको भविष्यको खुशी खोज्न मुग्लान भासिन बाध्य भएको उनी बताउँछन् । कतारको एक प्रतिष्ठीत कम्पनीमा सुरक्षा गार्डको जागीरमा व्यस्त भण्डारी आफुले सोचे र सम्झे भन्दापनि धेरै खुसी रहेको बताउँछन्।

दैनिक ८ घण्टाको जागीर पछि उनी संगितकोे संसारमा डुब्ने गर्छन आफ्नो नेपाली मातृभुमि तथा नेपाली लोक संस्कृतीलाई कहिल्यै पनि मर्न दिन हुन्न भन्ने उनको विचार छ । हेर्दा ठ्याक्कै कुनै सिनेमाको हिरो जस्तो देखीने भण्डारीलाई कर्मले भने गीत सँगीत क्षेत्रमा लगेर छोडिदियो।कतार बसाइको ५ वर्षको अवधिमा आधा दर्जन जति गीत बजार आईसकेका छन । जस्को शब्द सँगीत स्वयं भण्डारीको रहेको छ। “तिम्रो र मेरो”, “म मरेर तिमी”, “म त मायाँलाई” “किना रुन्छ मन”जस्ता आधुनिक गीतहरु नेपाली गीत सँगीतलाई दिएका छन् भण्डारीले। साथै भण्डारी निकट भविष्यमै थप गीत बजारमा ल्याउने तयारी रहेको बताउँछन्। भण्डारीका गीतहरूमा मनिका बुढाथोकी, बेनीसा हामाल,शिल्पा पोख्रेल जस्ता नेपाली नायीकाहरु संगै केही गीतमा उनी स्वयं पनि अभिनय गरेको पाइन्छ। जसबाट मोडलिङ तर्फ पनि अग्रसर देखिन्छन् भन्ने बुझ्न सकिन्छ। “म मरेर तिमी” बोलको गीतलाई कतारमै छायाङ्कन गर्ने विचारमा रहेको र सहयोगको लागि अपिल पनि गर्दछु भन्छन्। हाल नेपाली संगीत बजारमा दुबो जस्तै संगितकार,गायक तथा गीतकारहरू फैलिरहेका छन।कोहि निरन्तर सफल बन्दै गैरहेकाछन भने कोहि फक्रन नपाउदै झर्न बाध्य भएका छन्। तर हाम्रो कामना छ, उत्तमको सांगितीक यात्रा सफल होस् शुभकामन । 

 प्रस्तुती :: भोला थापा क्षेत्री