वकास प्री–क्वार्टरफाइनलमा

काठमाडौं / रास– विकास श्रेष्ठ पावर प्लाजा अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपमा बिहीबार प्री–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । विकाससँगै गंगाराम श्रेष्ठ र राजु केसीले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरे ।

विकासले कृतेश ज्ञवालीलाई ४–३, गंगारामले अनुज दाहाललाई ४–३ तथा राजुले सन्तोष पुटुवारलाई ४–० को फ्रेममा पराजित गरे । अन्य प्रतिस्पर्धामा विकेश राई पदम तामाङलाई ३–१, अनिश महर्जन राजन लामालाई ३–१, बुद्ध लामा नितेश खण्डवाललाई ३–१, दीपेन्द्र शाहीले छोपेल शेर्पालाई ३–२, कुंगा लामा अनिल लामालाई ३–१, रेगन श्रेष्ठ सूर्य सुनुवारलाई ३–० तथा सुजिन गिरी दीपक मगरलाई ३–२ ले हराउँदै तेस्रो चरणमा पुग्न सफल भए ।