तनहु“ जलविद्युत्को २१ करोड मुआब्जा बाँडियो

राजधानी समाचारदाता

काठमाडौं, ७ वैशाख

तनहु“ जलविद्युत् आयोजनाको जलशायबाट डुबानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि २१ करोड १० लाख रुपैया“ मुआब्जा वितरण गरिएको छ । यसअघि १५ करोड ६८ लाख मुआब्जा वितरण गरिएको थियो । बिहीबार मात्रै ५ करोड ४२ लाख रुपैया“ वितरण गरिएको छ । १ सय ४० मेगावाटको सो आयोजनाबाट डुबानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा, फलपूmल तथा रूखबिरुवाको क्षतिपूर्ति वितरण गरिएको हो । आयोजनाले डुबान क्षेत्रको जग्गा अधिग्रहणका लागि गत ५ फागुनबाट मुआब्जा वितरण सुरु गरेको थियो ।

सरकारले चालू आर्थिक वर्ष २०७३÷७४ मा मुआब्जा वितरणका लागि ४२ करोड रुपैया“ विनियोजन गरेको छ । त्यसमध्ये बिहीबारसम्ममा २१ करोड १० लाख रुपैया“ वितरण गरिएको हो । जलशायबाट डुबान क्षेत्रमा पर्ने करिब १ हजार २ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । यसका लागि करिब ६० करोड रुपैया“ लाग्ने अनुमान गरिएको छ । आयोजनाको बा“ध बनेपछि बन्ने जलशायले तनहु“का भिमाद, माझकोट, ऋषिंग रानीपोखरी, साभुंग भगवतीपुर, कोट दरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुबानमा पर्नेछन् । जग्गा प्राप्ति ऐन २०३४ मा भएको व्यवस्थाअनुसार तनहुँका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको अध्यक्षमा गत २३ माघ २०७३ मा बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाको डुबान क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरेको थियो । मुआब्जाको राय सुझाव दिन गठित उपसमितिले डुबान क्षेत्रमा पर्ने जग्गाको स्थलगत अध्ययन, सरोकारवालास“ग छलफल, जग्गाको अवस्था, किसिम, अवस्थिति, उपभोग, स्थानीय चलनचल्तीको मूल्यका आधारमा दर तय गरी मुआब्जा निर्धारण समितिसमक्ष प्रतिवेदन पेस गरेको थियो । यही आधारमा सरोकारवाला, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतस“ग छलफल गरी मुआब्जा निर्धारण समितिले प्रतिरोपनी २ लाखदेखि ८ लाख रुपैया“सम्म मुआब्जा निर्धारण गरेको थियो ।

आयोजनाको १ सय ४० मिटर अग्लो बा“ध व्यास नगरपालिकामा पर्नेछ । आयोजनाको जलशाय बा“धको माथिल्लो तट करिब २५ किलोमिटर फैलनेछ । काहुशिवपुरको कुनौटेमा भूमिगत विद्युत् गृह रहनेछ । सेती नदीको दाया“ किनार हु“दै ७ दशमलव ४ मिटर व्यासको १२०३ मिटर सुरुङमार्फत बा“धभन्दा करिब ५ किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत् गृहमा पानी पु¥याएर विद्युत् उत्पादन गरिनेछ । विद्युत् गृहमा ७०÷७० मेगावाटका दुईवटा फ्रान्सिस टर्वाइन रहनेछन् । विद्युत् उत्पादनपछि १ सय ९० मिटर लामो निकास सुरुङमार्फत पानीलाई पुनः सेती नदीमा खसालिनेछ । ठेक्कापट्टाका सम्पूर्ण काम २०७४ को असोजभित्रमा सक्ने र त्यसपछि निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनाको निर्माण २०७९ पुसको दोस्रो साता (२०२२ को डिसेम्बर अन्तिम) मा सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । अहिले निर्माणपूर्वका काम भइरहेका छन् ।

आयोजनाबाट उत्पादित बिजुली २२० किलोभोल्ट (केभी) को डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिनेछ । यसका लागि विद्युत् गृहदेखि चितवनको भरतपुरस्थित सबस्टेसनसम्म ३७ किलोमिटर प्रसारण लाइनको निर्माण गरिनेछ । आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ अर्ब ७७ करोड र त्यसपछि ४८ अर्ब ९९ करोड युनिट उत्पादन हुनेछ । बढी बिजुली माग हुने हिउ“दमा आयोजना ६ घण्टा पूर्ण क्षमतामा अर्थात् १४० मेगावाटमा सञ्चालन हुनेछ ।

आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज, प्रसारण लाइन निर्माण र ग्रामीण विद्युतीकरणसहितको हो । आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको ८ करोड ६० लाख, एसियाली विकास बैंकको १५ करोड,  जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको १८ करोड ४० लाख  र युरोपेली लगानी बैंकको ८ करोड ५० लाख अमेरिकी डलर सहुलित पूर्ण ऋण लगानी रहने छ । लगानीकर्तास“ग ऋण सम्झौता भइसकेको छ ।