गृहमन्त्री निधिद्वारा राजिनामा


राजधानी समाचारदाता
काठमाडौं, १७ वैशाख

उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीले सोमबार पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव लगाउने आफ्नै दल कांग्रेस र माओवादी केन्द्रको प्रस्तावप्रति चर्काे असन्तुष्टि जनाउँदै गृहमन्त्री निधीले पदबाट राजीनामा दिएका हुन् ।

सुडान भ्रष्टाचार प्रकरण गृह मन्त्रालयसँग जोडिएको र सोही प्रकरणमा प्रधानन्यायाधीश कार्कीलाई महाअभियोग प्रस्ताव गरिएकोप्रति असन्तुष्टि जनाउँदै आफूले राजिनामा दिएको निधिले बताए । ‘न्यायपालिकाले आफ्नो निर्णय गर्न पाउनुपर्छ, सरकारले पनि, तर प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव गर्ने निर्णयमा मेरो गम्भिर असहमति छ,’ उनले भने ।

महाअभियोग लगाउने प्रस्तावमा आफूसँग कुनै सल्लाह नगरिएको पनि निधीले बताए ।