म्युनिखलाई लगातार पाँचौंपटक बुन्डेस लिगा उपाधि

म्युनिख/एजेन्सी–जर्मन जाइन्ट वार्यन म्युनिखले लगातार एतिहासिक रूपमा पाँचौंपटक बुन्डेस लिगाको उपाधि जितेको छ । उसले शनिबार राति १० खेलाडीमा सीमित बुल्फबर्गलाई ६–० ले पराजित गर्दै लगातार पाँचौंपटक उपाधि जितेको हो ।

बुल्फबर्गको घरेलु मैदानमा भएको खेलमा वार्यनले दुवै हाफमा समान ३–३ गोल गरेको थियो । वार्यनलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा डेबिड अलाबा, आर्जेन रोबिन, थोमस मुलर र जोस किम्मिचले १–१ गोल गरे । खेलको ७८औं मिनेटमा लुइज गुस्टोभा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बुल्फबर्ग १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै कार्लोस एन्सिलोटीको वार्यनले लिगका तीन खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । वार्यन म्युनिख यो जितसँगै लगातार पाँचौंपटक बुन्डेस लिगा जित्ने पहिलो टिमसमेत बनेको छ ।

जितपछि उपाधि जितिसकेको वार्यनले ३१ खेलबाट ६३ अंक जोडेको छ । लिगको दोस्रो स्थानमा रहेको लेइप्जिगको ३१ खेलबाट ६३ अंक छ ।