बार्सिलोना र रियलको उपाधि होड जारी


म्याड्रिड/एजेन्सी– स्पेनिस लालिगा फुटबलमा लिगको अन्तिम चरणका केही राउन्डहरू बाँकी रहँदा उपाधि भिड्न्त जारी छ । शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको रियल म्याड्रिडले शनिबार राति पनि आ–आफ्नो खेलमा जित निकालेपछि उपाधि होडको रोचकता कायमै छ ।

लिगमा अब रियल म्याड्रिडले चार खेल तथा बार्सिलोनाले तीन खेल खेल्न बाँकी छ । यस्तोमा रियलका लागि सेभिया र मालागासँगको खेल महŒवपूर्ण हुने आँकलन गरिएको छ । लिगमा शनिबार रियल म्याड्रिडलाई संकटबाट जोगाउन मार्सेलोले महŒवपूर्ण गोल गरेका थिए ।

बार्सिलोनका लागि भने लुइस स्वारेजले २ तथा इभान राकिटिकले १ गोल गर्दै इस्पानियोललाई ३–० ले पाखा लगाए । म्याड्रिडभन्दा एक खेल बढी खेलेको बार्सिलोनाले इस्पान्योलविरुद्धको जितसँगै ८१ अंक बटुलेको छ ।

पछिल्लो तीन खेलमा कुनै गोल गर्न नसकेका लुइस स्वारेजले ५० र ८७ औं मिनेटमा गोल गरेपछि बार्सिलोना सहजै विजयी भएको थियो । उसका लागि राकिटिकले ७६ औं मिनेटमा गोल गरेका थिए । उनलाई गोलका लागि मेसीले पास जुराइदिएका थिए । यसअघि इस्पान्योलले पहिलो हाफको खेल गोलरहित बराबरीमा राखेको थियो, तर दोस्रो हाफमा उसले बार्सिलोनालाई रोक्न सकेन ।

त्यस्तै, त्यसअघि भएको खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी चुकाएपछि रियललाई त्यसको महँगो मूल्य चुकाउनुपर्ने अवस्था आएको थियो, तर ब्राजिलियन डिफेन्डर मार्सेलोले खेल सकिन ४ मिनेटअगाडि निर्णायक गोल गरेपछि आफ्नो घरेलु मैदानमा स्पेनिस लिगको १२औं स्थानमा रहेको भ्यालेन्सियासँग अंक बाँड्नबाट जोगिएको थियो ।

५७औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न रोनाल्डो असफल हुँदा घरेलु दर्शक स्तब्ध भएका थिए । यसअघि पहिलो हाफको २७ औं मिनेटमै हेडिङ गोल गर्दै रोनाल्डोले नै गोलको अग्रता दिलाएका थिए । तर, लुका मोड्रिकलाई डानियल पारेजोले फल गरेपछि रियललाई पेनाल्टीको मौका दिएको थियो । पेनाल्टी प्रहार गरेका रोनाल्डोको प्रहारलाई भ्यालेन्सियाका गोलरक्षक डिएगो आल्भेसले रोकेका थिए ।

त्यसपछि ८२ औं मिनेटमा पहेंलो कार्ड खाएका पारेजोले नै गोल गर्दै खेललाई १–१ गोलको स्थितिमा ल्याएका थिए । पारेजोले ३० यार्ड टाढाबाट सशक्त प्रहार गर्दै गोल गरेका थिए । एक खेल कम खेलेको रियलको पनि बार्सिलोनासमान अंक छ, तर उसले अझै एक खेल कम खेलेकाले उपाधि अझै पनि रियलकै पकेटमा छ ।