ट्रम्पका सय दिन : सञ्चारमाध्यममाथि निशाना हान्दै आफ्नो बचाउ


एजेन्सी
पेन्सिलभेनिया, १७ बैशाख

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको एक सयौं दिन पुरा भएको अवसरमा आयोजित -यालीमा समेत सञ्चारमाध्यममाथि कडा रुपमा प्रस्तुत भएका छन् । उनले आफ्नो कार्यकालमा सञ्चारमाध्यमले गलत भूमिका खेलेको आरोप लगाउँदै आफ्नो बचाउ गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले पेन्सिलभेनियामा समर्थकको -यालीलाई सम्बोधन गर्दै भने, ‘ह्वाइट हाउसमा संवादाताको डिनर पार्टीबाट २ सय किलोमिटर टाढा आएर रोमान्चित भएको छु ।’ ह्वाइट हाउसको डिनर पार्टी एक महत्वपूर्ण समारोह हुने गर्दछ ।

उनले आफ्नो १ सय दिनको कार्यकालमा मिडियाहरुले असफलतासँग तुलना गरेको भन्दै उनी आक्रोशित बनेका हुन् । उनले आफ्नो विरोध गर्नेलाई जानकारी नभएका ‘झुठा पत्रकार’ भएको आरोप लगाए ।

उनले आफूले सय दिनमा हरेक दिन काम गरेको र उद्योगमा रोजगारीको सिर्जना गरेको दाबी गरेका छन् । उनले ‘वार अन कोल’ अन्त्य भएको समेत बताए । पेन्सिलभेनियाको अर्थव्यवस्था खनिजमा निर्भर रहेको र राष्ट्रपति निर्वाचनका क्रममा यो एक महत्वपूर्ण राज्य थियो ।

राष्ट्रपति ट्रम्पले बाराक ओबामा प्रशासनले सबैथोक बिगारेर छाडेको उनको टिप्पणी थियो । उनले जोड दिएर भने, ‘ठूलो लडाई हुन बाँकी नै छ र हरेक मामलामा जित हासिल हुनेछ ।’

उनले जलवायु परिवर्तनमा पेरिस सम्झौताप्रति अमेरिकी प्रतिबद्धताको पूर्व आलोचना पुनः दोहो-याए । यसको ठीक अघि जलवायु परिवर्तनलाई लिएर ट्रम्प प्रशासनको रबैलाई लिएर दशौं हजारले अमेरिकामा प्रदर्शन गरेका थिए ।