ऐतिहासिक अवसर र जिम्मेवारी

ऐतिहासिक अवसर र जिम्मेवारी

लामो अन्तरालपछि नयाँ संरचनामा सातमध्ये तीनवटा प्रदेशका मतदाताले स्थानीय तहका आफ्ना प्रतिनिधि रोज्न आज (आइतबार) मताधिकार प्रयोग गर्दै छन् । २० वर्षको अन्तरालपछि स्थानीय स्तरमा आफ्ना प्रतिनिधि रोज्ने यो अवसर धेरै अर्थमा ऐतिहासिक छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनु आफैंमा ऐतिहासिक कार्य हो । असीमित अधिकार प्रयोग गर्न पाउने प्रतिनिधि चुन्नुपर्ने भएकाले यो नयाँ पुस्ताका लागि मात्र नभएर पुराना पुस्ताका लागि पनि महŒवपूर्ण क्षण हुनेछ ।

आजको मतदानबाट प्रदेश ३, ४ र ६ का २ सय ८३ स्थानीय तहबाट १३ हजार ५ सय ५६ जनप्रतिनिधि निर्वाचित हुँदै छन् । आवधिक निर्वाचन, बलियो स्थानीय शासन व्यवस्था र विकेन्द्रीकृत शासन प्रणाली लोकतन्त्रका गहना हुन् । यी गहनालाई उपर्युक्त ढंगले प्रयोग र शृंगार गर्न आजको दिन महŒवपूर्ण र निर्णायक हो । लोकतन्त्रमा स्थानीय सरकार बलियो भएर मात्र हुँदैन, राजनीतिक दल यसका खम्बा हुन् ।
विगतमा जतिसुकै आलोचनाका पात्र भए पनि लोकतन्त्रमा दलको विकल्प रोज्न सकिँदैन । विगतमा कसले के गरे भन्ने कुरा आफ्नो ठाउँमा समीक्षाकृत होलान् । स्थानीय तहका जनप्रतिनिधि दलीय प्रतिनिधिका हैसियतमा जनतामाझ काम गर्ने व्यक्ति हुन् । तिनलाई उपेक्षा गरेर लोकतन्त्र बलियो हँुदैन । स्थानीय शासन बलियो नभई लोकतन्त्र पनि बलियो हुँदैन ।

नेपालको संविधान जारी भएपछि मुलुक यसलाई संस्थागत गर्ने महŒवपूर्ण चरणमा छ । संस्थागतको पहिलो खुटकिलो मात्र हो स्थानीय तह निर्वाचन । अबको छोटो अवधिमा (७ माघ २०७४ भित्र) बाँकी रहेका चारवटा प्रदेशको स्थानीयसहित प्रदेश सभा र केन्द्रीय प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण नगरेसम्म संविधानको पूर्ण कार्यान्वयन हुन सक्दैन । यो निर्वाचन संविधान कार्यान्वयनसँगै विकास, समृद्धि र स्थानीय शासन जनताको हातमा पु¥याउने महŒवपूर्ण अवसर हो । स्थानीय प्रतिनिधि अभावमा विकास निर्माणले गति लिँदैन । मुलुकका असीमित स्रोतसाधनको प्रयोग स्थानीय तहबाटै गर्न जनप्रतिनिधि अपरिहार्य छन् । सही नेतृत्व नभए यसको सही व्यवस्थापन हुँदैन । त्यसका लागि पनि सही नेतृत्व छानौं ।
यो निर्वाचन दलहरूका लागि विगतका कमीकमजोरी सच्याउने र मतदाताका लागि विगतका गल्ती गर्ने प्रतिनिधिलाई दण्डित गर्ने अवसर पनि हो । असल नेतृत्वबाट मात्र समृद्धिको आधार बन्नेछ । सम्भावनाको उचित व्यवस्थापन गर्न सक्ने नेतृत्व हामीले छान्नु छ । स्थानीय तहको निर्वाचनबाट मतदाताले यो विवेक पु¥याउनु त पर्ने छ नै, सँगसँगै निर्वाचित प्रतिनिधिका लागि स्थानीय निकायलाई सबल बनाई मुलुकलाई समृद्धिमा लैजाने महŒवपूर्ण अवसर पनि हुनेछ । मतदाताले सदुपयोग गर्ने यो ऐतिहासिक अधिकारलाई जनप्रतिनिधिले अवसरको रूपमा सदुपयोग गर्नुपर्छ ।