धितोपत्र दलालसम्बन्धी नियमावलीमा संशोधन

काठमाडौं / रास— धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली), २०६४ मा नेपाल सरकारको स्वीकृतिमा संशोधन गरेको छ । हाल कतिपय धितोपत्र दलाल व्यवसायीहरूले शाखा कार्यालय विस्तार गरी देशका विभिन्न स्थानबाट सेवा प्रदान गर्दै आइरहेका साथै यस सेवालाई अझ देशव्यापी रूपमा विस्तार र व्यवस्थित गरी बढीभन्दा बढी लगानीकर्ताको पहुँचमा पु¥याउन आवश्यकसमेत रहेको सन्दर्भमा शाखा विस्तार कार्यलाई अझ सहज बनाउन तथा यसमा रहने जोखिम समेतलाई मध्यनजर गर्दै सोको व्यवस्थापनका लागि धितोपत्र दलाल व्यवसायीको पुँजी, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनलगायतका विषयमा आवश्यक व्यवस्था गरी सो नियमावलीमा संशोधन गरिएको बोर्डले जनाएको छ ।

संशोधनमा दलाल व्यवसायीले कायम गर्नुपर्ने साविकको २० लाख चुक्ता पुँजीलाई १० गुणा अर्थात् २ करोड पु¥याइएको छ । यस्तै, बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न सक्ने र आवश्यक पूर्वाधार तथा अन्य सर्तहरू बोर्डले तोक्न सक्ने, मुख्य कार्यालयमा कम्तीमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने र परिपालन अधिकृत तथा सूचना प्रविधिसहित पाँच कर्मचारी हुनुपर्ने व्यवथा त्यसमा गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार शाखा कार्यालयका लागि बोर्डले यस्ता कर्मचारी तोक्नेसमेत व्यवस्था भएको र यसरी संशोधित व्यवस्थानुसार बोर्डले धितोपत्र व्यवसायीको शाखा व्यवस्थापनलाई अझ व्यवस्थित तथा सुदृढ गर्दै लानुका साथै धितोपत्र  व्यवसायको व्यवसायिक  जोखिम न्यूनीकरण हँुदै जाने बोर्डले जनाएको छ ।