वकिलसँग हिरो पराजित

ललितपुर / रास– नेपाली चलचित्र ‘चपली हाइट’ सहित विभिन्न चलचित्रका हिरो राज घिमिरे स्थानीय तह निर्वाचनमा पराजित भएका छन् । नायकबाट निकै चर्चा बटुलेका नायक राज घिमिरे गोदावरी नगरपालिकाको वडानम्बर ३ को वडा अध्यक्षमा पराजित भएका हुन् ।

माओवादी केन्द्रका तर्फबाट चुनावी मैदानमा उत्रिएका उनी नेकपा एमालेका उम्मेदवार बालमुकुन्द घिमिरेसँग ४ सय ५४ मतले पराजित भएका थिए । घिमिरे कानुन व्यवसायी हुन् । राजले ८ सय २४ मत पाउँदा विजयी भएका बालमुकुन्दले १३ सय ८ मत पाएका छन् । यस वडामा एमालेले धेरै मत पाएको छ । माओवादीले मेयर र उपमेयरमा क्रमशः ३ सय ९५ र ४ सय ३२ मत ल्याउँदा राजले ८ सय कटाएका थिए । आफूले अभिनयसँगै अरू क्षेत्रमा विभिन्न काम गर्दै आएकाले वडाध्यक्षको उम्मेदवारी दिएको राजले बताएका थिए ।