कमलेको बिहेको फस्ट लुक्स

काठमाडौं / रास– चलचित्र ‘कमलेको बिहे’ को फस्ट लुक्स (पोस्टर), ट्रेलरसँगै गीति दृश्य बिहीबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको छ । यस चलचित्रमा अनुपविक्रम शाही, सन्ध्या केसी, विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तामाङ, कुलदीप अधिकारी र लिरण लाकौल मुख्य भूमिकामा छन् ।

कार्यक्रममा बोल्दै निर्देशक प्रसन्न पौड्यालले नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा आफूले चलचित्रमा समेटेको बताए ।

कार्यक्रमममा अभिनेत्री सन्ध्याले यस चलचित्रले अनुभव धेरै दिएको र राम्रो टिमसँग काम गर्न पाएको बताइन् । कार्यक्रममा अभिनेता अनुप उपस्थित भएनन् ।

यस चलचित्रको छायांकन विदुर पाण्डेले गरेका हुन् । जसमा महेश दवाडीको लेखन, सरिता लामा, दीपक विष्ट‘गौली’, प्रतिक तामाङ, सुनिल विष्ट र मिलन लामाको लगानी रहेको पनि कार्यक्रममा जानकारी गराइयो ।