फेरी विराटनगर र वीरगञ्जलाई महानगरपालिका घोषणा गरियो

राजधानी समाचारदाता
काठमाडौं, १७ जेठ

सरकारले विराटनगर र वीरगञ्जलाई महानगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विरानगर र वीरगञ्जलाई महानगरपालिका घोषणा गरेको हो । यसअघि यी दुबै शहर उपमहानगरपालिका थिए ।

मन्त्रिपरिषदको यसअघिको बैठकले स्थानीय तह थप गर्दै यी दुई शहरलाई महानगरपालिका घोषणा गरेको थियो । तर सर्वाेच्च अदालतले स्थानीय तह थप्न नमिल्ने आदेश गरेपछि यी दुई शहर महानगरपालिका बन्नबाट बञ्चित भएको थियो ।