महानगरका प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण

काठमाडौं प्रमुखको पहिलो निर्णय :  क्लिन द सिटी

राजधानी समाचारदाता

काठमाडौं, १७ जेठ

पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट काठमाडौं महानगरपालिकामा निर्वाचित प्रमुख र उपप्रमुखले बुधबार शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन् । राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले शपथ ग्रहण गरी पदभार सम्हालेका हुन् ।

कार्यक्रममा प्रमुख शाक्य र उपप्रमुख खड्गीसँगै महानगरपालिकाका १ सय ५९ जना निर्वाचित जनप्रतिनिधिले सामू्हिक रूपमै शपथ ग्रहण गरेका छन् । निर्वाचित जनप्रतिनिधिहरूलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । निर्वाचित प्रतिनिधिहरूले नेवारी भाषामै शपथ ग्रहण गरेका छन् ।

सभा गृहमा शपथ ग्रहण गरेपछि नवनिर्वाचित प्रमुख र उपप्रमुखले लैनचोरस्थित शहीद स्मारक पार्कमा पुगेर शहीद प्रतिमा माल्यार्पण गर्दै ज्ञात÷अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गरेका छन् ।

सोपछि उनीहरू शान्तिवाटिका, शोभाभवती, पुष्पलाल पार्क, मदन भण्डारी सालिक बल्खु र बसन्तपुरस्थित कुमारी घर पुगेर आदर्श व्यक्ति तथा संस्कृतिहरूको सम्मान गरी सुन्धारास्थित महानगरपालिका केन्द्रीय कार्यालय पुगेका थिए ।

महानगरपालिका कार्यालय बागदरबार परिसरमा प्रमुख शाक्य र उपप्रमुख खड्गीले एक÷एकवटा रुद्राक्षको बिरुवासमेत रोपेका छन् । सहरमा हरियाली वृद्धि गर्ने सन्देश दिने उद्देश्यले वृक्षरोपणगरिएको हो ।

रुद्राक्ष रोपेपछि प्रमुख शाक्यले महानगरपालिकाको आप्mनो कार्यकक्षमा पुगेर ‘क्लिन द सिटी’ अभियान सुरु गर्ने निर्णय भएको फाइलमा हस्ताक्षर गरेका छन् ।करिब २० वर्षपछिको स्थानीय निर्वाचनबाट निर्वाचित महानगरपालिकाका प्रतिनिधिको पहिलो बैठक बुधबार नै भएको छ ।

बैठकले ‘क्लिन द सिटी’ अभियानलगायत ७ बुँदे निर्णयसमेत गरेको छ । ‘काठमाडौंको धुलो, धँुवा र फोहोर न्यूनीकरण गरी हरियाली वृद्धि गर्ने तथा जैविक फोहोरलाई घरघरमै कम्पोस्ट मल बनाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ,’ काठमाडांै महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले भने, ‘यसैलाई नै क्लिन द सिटी भनिएको हो ।’

जनप्रतिनिधिहरूको बैठकले काठमाडौं महानगरपालिकामा नेपाल भाषा (नेवारी भाषा) लाई पनि कामकाजको भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । निर्णयको सातांै नम्बरमा यो निर्णय उल्लेख छ । जसमा नेपाल भाषामा विज्ञ दोभासेको व्यवस्था गरी कार्यालयका कार्यसम्पादन गरिने उल्लेख छ ।