राजपाद्वारा स्वतन्त्र उम्मेदवारी

भैरहवा / रास– विभिन्न माग गर्दै निर्वाचन नै बिथोल्ने गरी आन्दोलन गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालका स्थानीय नेताले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश–५ को रूपन्देही जिल्लामा राजपा नेपालका स्थानीय नेताले उम्मेदवारी दर्ता गराएका हुन् ।

राजपाका अशोक कुमार शुक्ला र  कमालुद्दिन शेखले जिल्लाको सम्मरीमाई गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । राजपाको क्षेत्रीय सदस्य समेत रहेका शुक्लाले आफुले शनिवार पार्टीबाट राजीनामा दिएर जनताको चाहाना र माग अनुसार उम्मेदवारी दिएको बताए । स्थानीय स्तरको बिकासकालागी स्थानीय तहको निर्वाचनमा भाग लिनु पर्छ भन्ने जनताको चाहाना र दवावलाई थेग्न नसकेर आफुले पार्टीबाट राजीनामा दिई उम्मेदवारी दिएको उनको भनाइ छ ।त्यस्तै राजपा समर्थकहरुले मर्चवारीमाई गाउंपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकी प्रसाद चौधरी तथा कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले उम्मेदवारी दर्ता गराएका छन् । राजपाको बाहुल्यता रहेको यि क्षेत्रमा विहान ८ बजेदेखि हुने भनिएको मनोनयन दर्ता १० बजेपछि मात्र भएको थियो । दल तथा स्वतन्त्र उम्मेदवारहरु निर्धारीत समयमा नगएकाले मनोनय ढिलो भएको थियो ।
स्वतन्त्र उम्मेदवार दिनेहरुमा अधीकांस रजपा नेता एवं पुर्व मन्त्री सर्वेन्द्र नाथ शुक्ला निकटका रहेका छन् । शुक्ला रुपन्देहीको क्षेत्र नं ६ मर्चवार बाट निर्वाचीत सासंद पनि हुन् ।
रापजाका अध्यक्ष महन्त ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, अनील झा, लगायतका नेताहरु रुपन्देही, कपीलबस्तु र नवलपरासीमा आईतवार हुने मनोनयन दर्तामा अवरोध गर्ने गरी शनिवारनै भैरहवा आएका थिए । तर आईतवार यि नेताहरुले आफ्नो पार्टीले चुनावमा भाग नलीने अडान गरीरहदा रुपन्देहीको मर्चवारमा राजपा समर्थकहरुले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले पार्टीले आधीकारीक रुपमा उम्मेदवारी नदीएको र भाग पनि नलीने भन्दै कसैले स्वतन्त्र उम्मेदवारी दिन्छ भने त्यो उसको ब्यक्रीगत अधीकार भएको टिप्पणी गरे । उनले विगगतमा भएका सम्झौता कार्यान्वयन गरी निर्वाचन गराउनु पर्नेमा जवरजस्त निर्वाचन गर्दैमा समस्याको समाधान नहुने बताए । राजपा नेपाल संविधान संशोधन र स्थानीय तहको संख्या पुनःसंरचनालगायतका माग गर्दै निर्वाचन बिथोल्ने गरी आन्दोलन  गरिरहेको छ ।