कांग्रेस–माओवादी तालमेल

अर्घाखाँची / रास– १४ असारमा हुने स्थानीय तह निर्वाचनका लागि उल्लासपूर्वक मनोनय दर्ता भएको छ । जिल्लाका चार स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचमा तालमेल भएको छ । सन्धिखर्क नगरपालिका भूमिकास्थान नगरपालिका, शीतगंगा नगरपालिका, मालारानी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको हो । सन्धिखर्क नगरपालिकामा कांग्रेसका उम्मेदवार कमलप्रसाद भुसालले प्रमुखमा उम्मेदारी दर्ता गराएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर कुमार विकले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ प्रमुख र उपप्रमुखमा इश्वरा पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट कल्पना पोख्रेलले प्रमुख र पशुपति ढकालले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । नयाँ शक्ति पार्टीका तर्फबाट  सन्धिखर्कको प्रमुखमा यमुना भुसाल उपप्रमुखमा टोपबहादुर बरालले उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा बसिर मियाँले उम्मेदवारी दर्ता गराएका छन् । परिवार दलका डिल्लीराज भुसालले प्रमुखमा उम्मेद्वार दर्ता गराएका छन् ।

भुमिकास्थान नगरपालिकामा माओवादी केन्द्रका रेशम थापाले प्रमुखमा, कांग्रेसका खडानन्द बेल्वासेले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेको तर्फबाट पिताम्बर भुसालले प्रमुख र सुनिता बेल्वासेले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट कविराम खनालले प्रमुख र सकुन्तला रानाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी छन् ।