बाजागाजासहित मनोनयन दर्ता

दीपक ओली / धनगढी

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि कैलालीका १३ वटै स्थानीय तहमा उत्साहपूवर्क मनोनयन दर्ता भएको छ । जिल्लास्थित दल तथा स्वतन्त्र उम्मेदवारहरूले बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालययमा उत्साहपूर्वक आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा एक उपमहानगरपालिका, ६ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेका छन् ।

यी स्थानीय तहमा २६ जना प्रमुख तथा उपप्रमुख गरी ६ सय ५६ जना जनप्रतिनिधि चयन हुनेछन् । यहाँ कांग्रेस, नेकपा, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, नेपाल मजदुर किसान पार्टी, परिवार दल, नेकपा (माले) लगायत दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।

प्रदेश–७ को एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा प्रमुख पदको उम्मेदवारमा व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै धनगढीमा कांग्रेसबाट प्रमुखमा नृप ओड र उपप्रमुखमा शुशीला भट्ट मिश्र, एमालेबाट प्रमुखमा दुर्गाप्रसाद जोशी र उपप्रमुखमा रुक्मणी देवकोटा, माओवादी केन्द्रबाट रामसमझ राना र उपप्रमुखमा शान्ति क्षत्री अधिकारी, राप्रपाबाट प्रमुखमा विष्णु साहु र उपप्रमुखमा जनक कुँवर, नेपाल लोकतान्त्रिक फोरमबाट प्रमुखमा प्रेम बीसी र उपप्रमुख दुर्गा कुश्मी, नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त गठनबन्धनबाट प्रमुखमा नयाँ शक्तिका कृष्णनन्द गिरी र उपप्रमुखमा  समाजवादी फोरमकी सावित्री साहनी रहेको निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ ।

जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउ“पालिका गरी १३  स्थानीय तह छन्

यसैगरी टीकापुर नगरपालिकामा दुई जनाले स्वतन्त्रतर्फबाट प्रमुख पदमा र एक जनाले उपप्रमुखमा तथा ९ दलबाट गरी २ सय ९० जना उम्मेदवारले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय टीकापुरले जनाएको छ ।  उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट प्रमुखमा जंगबहादुर साउद र उपप्रमुखमा केशरी विष्ट रावल,  एमालेबाट प्रमुखमा तपेन्द्र रावल र  उपप्रमुखमा कमला केसी, माओवादी केन्द्रबाट प्रमुखमा ललित थापा र उपप्रमुखमा आशा चौधरी, नेपाल लोकतान्त्रिक फोरमबाट प्रमुखमा लौटन चौधरी र उपप्रमुखमा  सुदेश्नी चौधरी, राप्रपाबाट प्रमुखमा रामकृष्ण चौधरी, उपप्रमुखमा मञ्जुदेवी रावल, नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमको संयुक्त गठनबन्धनबाट प्रमुखमा गोवद्र्धन विक र उपप्रमुखमा केशवती चौधरी, राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा दयाराम सञ्ज्याल र उपप्रमुखमा आशा चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रमुखमा मेघलाल धिताल र उपप्रमुखमा लक्ष्मी पोखरेल, नेपाल दलित पार्टीबाट प्रमुखमा पदम सिंहले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय टीकापुरले जनाएको छ ।

त्यस्तै टीकापुरमा स्वतन्त्रतर्फबाट प्रमुखमा जनक शाही र दयाराम चौधरी तथा उपप्रमुखमा जमुना बोहराले पनि उम्मदवारी दर्ता गराएका छन् । राजपाका दुई नेता पक्राउ

निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी र तोडफोड गर्न खोज्ने राष्ट्रिय जनता पार्टीका दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार कैलालीको कैलारी गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दीसहित तोडफोड गरेको आरोपमा सो पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र जिल्ला उपाध्यक्ष सरिता चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक कारबाहीको प्रक्रिया थालिएको कैलाली प्रहरी प्रमुख एसपी अर्जुन चन्दले बताए ।