दाजुभाइ फरक पार्टीबाट

भैरहवा / रास– सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा दुई भाइले फरक–फरक पार्टीबाट वडाअध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट दाइ शेषकान्त भण्डारी र माओवादीबाट भाइ पूर्णप्रसाद भण्डारीले उम्मेदवारी दिएका हुन  ।

शेषकान्त एमालेबाट २०५४ सालमा वडाअध्यक्षमा निर्वाचित भएका थिए । शेषकान्तले आफूले लामो समय राजनीति, समाजसेवा र अनुभव सँगालेकाले चुनाव जित्ने दाबी गरे ।१० वर्षे जनयुद्धमा माओवादीलाई भित्री रूपमा सहयोग गर्दै आएको बताउने पूर्णप्रसादले आफू योग्य र क्षमतावान् भएकाले परिणाम आफ्नो पोल्टामा पर्ने बताए ।