अर्कैको परीक्षा दिने समातिए

काठमाडौं / रास– डल्लुस्थित रेम्बो इन्टरनेसनल कलेज परीक्षा केन्द्रमा कक्षा ११ को परीक्षामा कुमार आले मगरको नाममा परीक्षा दिइरहेको अवस्थामा काठमाडौं डल्लु बस्ने चितवन राप्ती नगरपालिका खुरखुरेका १९ वर्षीय रविन तामाङ पक्राउ परेका छन् ।

यसैगरी ललितपुर–१४ ताल्चिखेलस्थित कसमस कलेजमा तोडफोड गर्ने कार्यमा संलग्न ११ विद्यार्थीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सो कलेजका इन्जिनियरिङतर्फका स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले ‘शिक्षक भर्ना र टुर लैजानुपर्ने’ विषयलाई लिएर ‘ए’ ब्लक पूर्वतर्फको ६ वटा झ्यालको सिसा, स्ट्यान्ड फ्यान एक थान, टेलिफोन एक थान, टेबुल दुई थानलगायत विभिन्न सामान तोडफोड गरेका थिए ।