समारोहको रूपमा मनोनयन

ओपेन्द्र बस्नेत / तुलसीपुर

प्रदेश–५ अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिकासहित तीनवटा गाविसमा उत्साहजनक उपस्थितिमा राजनीतिक दलका विभिन्न पदका उम्मेदवारले आफ्नोउम्मेदवारी पत्र मनोनयनगरेका छन् । तुलसीपुरमा नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति, मालेर जनमुक्ति पार्टी र केही स्वतन्त्र उम्मेदवारले आफ्नो  उम्मेदवारीको मनोनयन पत्र दर्ता गराएका हुन् ।जिल्ला निर्वाचन कार्यालयले दिएको समयअनुसार पहिले नेपाली कांग्रेसले बाँजागाजासहित केन्द्रीय नेता तथा कार्यकर्तासहितउपमहानगरपालिकामा उम्मेदवारी मनोनयन दर्ता गराएको थियो ।नेपाली कांग्रेसको तर्फबाट प्रमुखमा गेहेन्द्र गिरी, उपप्रमुखमा देविकानेपालीले र विभिन्न वडाका वडा अध्यक्ष र सदस्यले उम्मेदवारी दर्ता गराएका थिए ।त्यसपछि लगत्तै नेकपा एमालेले पनि आफ्ना नेता कार्यकर्तासहित उत्साहजनक तरिकाले नगरपालिकाको प्रमुख उप्रमुख र अन्य सदस्यको मनोनयन पत्र दर्ता गराएको थियो ।

एमालेले तुलसीपुर उपमहानगरपालिका प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्यको मनोनयन पत्र दर्ता गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि सयौं कार्यकर्तासहित उपमहानगरपालिका पुगी उम्मेदवारी मनोनयन पत्र दर्ता गराएको थियो । माओवादीको तर्फबाट प्रमुखमा सेसुराम भण्डारी र उपप्रमुखमा सिता वलीले मनोनयन पत्र दर्ता गरेका हुन् ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाको तर्फबाट  प्रमुखमा शुक्रराज भण्डारी र उपप्रमुखमा कमला जिसीलेमनोनयन पत्र दर्ता गरेको सहायक निर्वाचन अधिकृत ललितबहादुर घर्तीले जानकारी दिएका छन् । त्यसैगरी नयाँ शक्तिको तर्फबाट प्रमुखमा युवा जीवन भण्डारी उपप्रमुखमा शान्ति रिजालले उम्मेदवारीको

मनोनयन पत्र दर्ता गरेका छन् ।  त्यसैगरी नेकपा मालेको तर्फबाट प्रमुखमा शालिकराम भण्डारी, स्वतन्त्रतर्फ उप्रमुखमा ईश्वरीप्रसाद गैरे र हंशराज केसीले उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् ।कांग्रेसबाट बागीत्यसैगरी तुलसीपुर क्षेत्रमा रहेका विभिन्न वडामा पनि कांग्रेसबाट बागी उम्मेदवार उठेका छन् ।  निर्वाचन अधिकृत सुरेश शर्माका अनुसार अध्यक्ष पदमा उम्मेदवार दिनेमा तुलसीपुर उपमहानगरपालिका–१ मा कांग्रेसका चुरामण खड्का, ३ नम्बर वडामा मोहन गुरुङ, ७ मा माधव लामिछाने, १८ मा पोषण प्रकाश शर्मा, १० मा झग्गु भण्डारी र सदस्यमा ५ नम्बर वडाबाट अरुण श्रेष्ठ र ७ बाट सदस्यमा राधा न्यौपानेले बागी उम्मेदवारी दिएका छन् ।