मनोनयन शान्तिपूर्ण र उत्साहजनक

जिल्ला ब्युरो÷काठमाडौं :

दोस्रो चरणअन्तर्गत आगामी १४ असारमा हुने स्थानीय निर्वाचनका लागि उम्मेदवार मनोनयन प्रदेश–१, ५ र ७ मा सम्पन्न भएको छ । मनोनयनका दिन छिटफुट घटनाबाहेक शान्तिपूर्ण वातावरण रहेको र उत्साहपूर्ण रुपमा मनोनयन भएको जनाइएको छ । स्थानीय निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले समेत प्रदेश–५ का केही स्थानमा मनोनयन गरेको समाचार प्राप्त भएको छ । त्यसैगरी निर्वाचनको पूरै विरुद्धमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समेत रोल्पाको थवाº गाउ“पालिकामा मनोनयन गरेको छ ।

विराटनगर महानगरमा मनोनयन दर्ता

मोरङः स्थानीय तह दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता विराटनगर महानगरपालिकासहित मोरङका १७ वटै स्थानीय तहमा उत्साहप्रद रूपमा सम्पन्न भएको छ । बिहान ८ बजेदेखि सुरु भएको मनोनयन अपराह्न ५ बजेसम्म चलेको थियो ।
निर्वाचन आयोग क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार मोरङका १७ वटै स्थानीय तहमा मनोनयन प्रक्रिया सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिकामा बिहान ८ देखि ४ बजेसम्मको समयसीमा तोकिए पनि ४ बजे वीरेन्द्र सभागृहमा प्रवेश गर्नेलाई मनोनयन गर्ने व्यवस्था मिलाइएको थियो ।

उम्मेदवारी मनोनयन गर्न आएका समर्थकहरू दाङस्थित निर्वाचन कार्यालयअगाडि

विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलका उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गरिएको हो । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलका अनुसार मनोनयनका लागि मुख्य दलका उम्मेदवारलाई फरक–फरक समय दिइएको थियो । कार्यालयले पहिला स्वतन्त्र, साना दल र त्यसपछि ठूला दललाई मनोनयन दर्ता गराउने समयको व्यवस्थापन गरेको हो । यस्तै मुख्य दलका उम्मेदवारलाई मुख्य निर्वाचन अधिकारीको कार्यकक्षमा र अन्यका लागि बाहिर मनोनयन दर्ताको स्थान तोकिएको थियो । यस्तै महानगरका १९ वडाको मनोनयन दर्ता अलग–अलग स्थानमा गराउने व्यवस्था गरिएको थियो । बिहान ८ बजेतिर नै पुगेका राष्ट्रिय चुरे भावर पार्टीका तर्फबाट प्रमुखमा उम्मेदवारी दर्ता गराएका घनश्याम चन्द पहिलो मनोनयनकर्ता बनेका थिए ।
नेपाली कांग्रेसले दिउँसो साढे २ बजे र नेकपा एमालेले दिउँसो ३ बजे मनोनयन दर्ता गराएका छन् । यस्तै करिब साढे ३ बजे लोकतान्त्रिक फोरमले मनोनयन दर्ता गरायो । त्यसअघि माओवादी केन्द्र, राप्रपा र संघीयसमाजवादी फोरम र स्वतन्त्रहरूले मनोनयन दर्ता गराएका थिए ।

मनोनयन शक्ति प्रदर्शन बन्यो

विराटनगर महानगरपालिकाको निर्वाचनमा मनोनयन दर्ता गर्ने क्रम निकै उत्साहप्रद देखिएको थियो । सानादेखि ठूला दलले मनोनयनलाई शक्ति प्रदर्शनको रूपमा प्रस्तुत गरेका थिए । नगरका विभिन्न क्षेत्रबाट भेला भएका कार्यकर्ता नाराबाजीसहित मनोनयन स्थलतर्फ अघि बढ्दा चुनावी माहोल उत्कर्षमा पुगेको अनुभूति हुन्थ्यो । मुख्य गरी प्रमुख तीन दलले विभिन्न क्षेत्रबाट निकालेको ¥यालीलाई प्रतिस्पर्धाकै रूपमा लिन सकिन्थ्यो । वीरेन्द्र सभागृहमा रमिता हेर्न पुगेका निरज कोइरालाले मनोनयन दर्ता प्रक्रिया नै शक्ति प्रदर्शनका रूपमा बुझेको बताए । उनले त्यसलाई विराटनगरमा मुख्य गरी दुई दलबीच नै प्रतिस्पर्धा रहेको भान भएको बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेले यसलाई शक्ति प्रदर्शनकै रूपमा प्रस्तुत गरे । कांग्रेसले नगरका विभिन्न तीन स्थानबाट केन्द्रीय नेताहरूको रोहबरमा नारा जुलुससहित नगरपरिक्रमा गरेर मनोनयन स्थल पुगेको थियो भने नेकपा एमाले पनि पार्टी कार्यालय पाञ्चाली, तीनपैनी र जनआन्दोलन चोकबाट ¥यालीसहित मनोनयन स्थल पुगेको थियो ।
यस्तै माओवादी केन्द्र, राप्रपालगायत दलहरूले पनि कायकर्ताको उल्लेख्य सहभागितामा मनोनयन दर्ता गराए ।  विराटनगर महानगरपालिकामा १४ जनाले प्रमुख तथा १० जनाले उपप्रमुखमा मनोनयन गर्दा गराएका छन् । यस्तै मोरङको उर्लाबारीमा ९ जनाले प्रमुख तथा ८ जनाले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । रतुवामाई नगरपालिका प्रमुखमा ८ र उपप्रमुखमा ७ जनाले मनोनयन दर्ता गराएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
मोरङमा राष्ट्रिय जनता पार्टीको विरोधको प्रभाव परेन । आइतबार मोरङका १७ वटै स्थानीय तहमा निर्बाध रूपमा मनोनयन सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शान्तिपूर्ण रूपमा मनोनयन

पाल्पा ः आसन्न स्थानीय तह निर्वाचनका लागि उत्साहजनक र शान्तिपूर्ण रूपमा पाल्पाका दुई नगरपालिकासहित ८ गाउँपालिकामा राजनीतिक दलले उम्मेदवारी मनोनयन गराएका छन् ।
आ–आफ्नो दलको ¥यालीसहित निर्वाचन अधिृकतको कार्यालयमा पुगेर दलहरूले १४ असारमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका थिए । ८१ वडा रहेको पाल्पामा ४ सय २५ पदमा राजनीतिक दलहरूले उम्मेदवारी दिएका हुन् । १ लाख ६२ हजार २ सय ५३ मतदाता रहेको जिल्लामा २ सय ११ मतदानस्थल रहेका छन् ।
तानसेन नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार श्रीधर पाण्डेसहित ६ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेलाई माओवादी केन्द्रले सहयोग गरेको छ । रामपुरमा कांग्रेस, एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चासहित १ स्वतन्त्र प्रमुख र २ स्वतन्त्रले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
बगनासकाली र निस्दी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रको तालमेल गरी अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ । रम्भा गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाले लिने सहमति भएको छ ।
रिब्दीकोट गाउँ‘पालिकामा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी तालमेल गरी माओवादी केन्द्रले अध्यक्ष राप्रपाले उपाध्यक्ष लिएको छ । राष्ट्रिय जनमोर्चा र जनमुक्तिले समेत रिब्दीकोटामा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने भएका छन् । माथागढी गाउँपालिकामा माओवादी केन्द्र उपाध्यक्ष र राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष गरी तालमेल गरेका छन् । तिनाउ गाउँपालिकामा माओवादी केन्द्रलाई राष्ट्रिय जनमोर्चाले सहयोग गर्ने भएको छ ।

रोल्पामा मनोनयन दर्ता शान्तिपूर्ण

रोल्पा ः आगामी १४ असारमा हुन गइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि रोल्पामा पनि आइतबार शान्तिपूर्ण रूपमा भएको छ । रोल्पाका एक नगरपालिकासहित १० स्थानीय तहमा बिहान ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको हो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कारण सुरक्षा संवेदनशील मानिए पनि रोल्पामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता उत्साहजनक रूपमा भएको छ । जिल्लाका ७२ वडाबाट ३ सय ८० जना जनप्रतिनिधि चयन गरिने स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलहरूसहित केही स्वतन्त्र उम्मेदवारहरूले समेत आफ्नो नगरपालिका तथा गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । उम्मेदवार मनोनयन दर्ताका लागि राजनीतिक दलहरूले बाजागाजासहित सहभागिता जनाएका थिए ।
जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै स्थानीय तहमा शान्तिपूर्ण रूपमा मनोनयन भएको छ । रोल्पा नगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका पूर्वसांसद लेखनाथ आचार्य र उपप्रमुखमा मिश्री हमाल, नेकपा एमालेको तर्फबाट प्रमुखमा मिना शर्मा र उपप्रमुखमा नन्दकुमार आचार्य र नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा पूर्णबहादुर केसी करेन्ट र उपप्रमुखमा मनकुमारी घर्तीमगरले उम्मेदवारी दर्ता गराएका छन् । अन्य ९ वटा गाउँपालिकाहरूमा पनि आ–आफ्ना उम्मेदवारले मनोनयन दर्ता गराएको दलहरूले जनाएका छन् ।
यसैगरी माओवादी पार्टी परित्याग गरी केन्द्रीय सदस्य कुलानन्द गिरीले त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा मालेको चिह्न लिएर स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् । गिरी कृष्णबहादुर महराका सहपाठी हुन् । गाउँपालिकामा माओवादीले टिकट नदिएपछि उनले पार्टी परित्याग गरेका थिए ।  निर्वाचनमा भाग नलिने भएको विप्लप नेतृत्वका कार्यकर्ता भक्तबहादुर घर्तीमगरले थवाङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

बर्दियामा बाजागाजासहित मनोनयन

बर्दिया ः स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयनको ब्यग्र प्रतीक्षामा रहेका बर्दियावासीले आइतबार बाजागाजासिहत भव्य रूपमा निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । जिल्लाका ८ वटै स्थानीय तहमा मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र ¥याली र बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए ।
मनोनयन दर्ता गर्ने क्रम मतदाता र उम्मेदवार सबै निकै उत्साहित देखिएका थिए । बाजागाजा र ¥यालीसहित मनोनयन दर्ता गरेसँगै निकै उत्साह थपिएको उम्मेदवारले प्रतिक्रिया दिएका छन् । दलका उम्मेदवार पूmलमाला, खादासहित अबिर दलेर मनोनयन स्थल पुगेका थिए ।
जिल्लामा राजनीतिक दललगायत विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्ष र सदस्यमा समेत मनोनयन दर्ता गरेका छन् । सदरमुकाम गुलरिया नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चालगायत स्वतन्त्र उम्मेदवारले पनि मनोनयन पत्र दर्ता गराएका छन् ।

बर्दियामा बाजागाजासहित उम्मेदवारी मनोनयन गर्न जाँदै दलका उम्मेदवार

गुलरिया नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसबाट मुक्तिनाथ यादव, उपप्रमुख सुशीला गिरी, नेकपा एमालेबाट प्रमुख पदमा हरि ज्ञवाली उपप्रमुखमा टीका संसेली मगर, माओवादी केन्द्रबाट गेहेन्द्र ढकाल र उपप्रमुखमा मोहनकुमारी फुँयालले मनोनयन दर्ता गरेका छन् । यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट प्रमुख पदमा नजमुद्दिन शेष र उपप्रमुखमा शंखी चौधरी छन् । राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा युवराज ढकाल र उपप्रमुखमा लक्ष्मी पुरीले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।गुलरिया नगरपालिकामा स्वतन्त्रबाट प्रमुख पदमा अयोध्याप्रसाद श्रीवास्तव र उपप्रमुखमा हरिनारायण बस्नेत तथा मेराज अहमद सिद्धिकीले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिकामा पनि निकै उत्साहजनक रूपमा मनोनयन दर्ता गरिएको छ । ठाकुरबाबा नगरपालिकामा कांग्रेसबाट प्रमुखमा मक्कुराम चौधरी र उपप्रमुखमा लीला भाटको मनोनयन दर्ता भएको छ । नेकपा एमालेबाट प्रमुखमा घननारायण श्रेष्ठ, उपप्रमुखमा वीना भट्टराई, माओवादी केन्द्रबाट प्रमुखमा नेत्रप्रसाद आचार्य र उपप्रमुख कृष्ण थारू आस्थाले मनोनयन दर्ता गरेका छन् । राप्रपाबाट प्रमुख श्रीराम थारू र उपप्रमुख अमृता खड्काको मनोनयन दर्ता भएको छ । देशभक्त गणतान्त्रिक मोर्चा नेपालको तर्फबाट प्रमुख पदमा रामबहादुर शाही र उपप्रमुखमा गंगादेवी न्यौपानेले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिकामा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा खुसीराम थारू र सीताराम विष्टले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाको बासगढी, राजापुर, बाराबर्दिया र मधुवन नगरपालिका र गेरुवा गाउँपालिका र बढैयाताल गाउँपालिकामा पनि उत्साहजनक रूपमा मनोनयन गर्ने कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । मनोनयन दर्ताका क्रममा कतै पनि अप्रिय घटना नभएको निर्वाचन कार्यालयले जनाएको छ । शंकास्पद गतिविधि गरेको भन्दै शनिबार तीन जनालाई प्रहरीले नियन्त्रणमा  लिएको थियो ।

तेह्रथुममा मनोनयन उत्साहपूर्ण

तेह्रथुम ः दोस्रो चरणअन्तर्गत १४ असारमा हुने स्थानीय तह चुनावका लागि तेह्रथुममा दलहरूले उत्साहपूर्वक उम्मेदवारहरूको मनोनयन गरेका छन् ।
जिल्लामा रहेका २ नगरपालिका र ४ गाउँपालिकाका लागि एमाले र कांग्रेसका उम्मेदवार मनोनयनका लागि पन्चेबाजाका साथ निर्वाचन कार्यालय पुगेका थिए । जिल्लामा रहेका ६ वटै स्थानीय तहमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत इन्द्रकुमार चोङटेल्लीले जानकारी दिए ।
म्याङलुङ नगरपालिकामा नेपाली कांग्रेसले प्रमुखमा कमल सुब्बा र उपप्रमुखमा उमा कार्की, नेकपा एमालेले प्रमुखमा सञ्जय तुम्बाहाम्फे र उपप्रमुखमा पार्वतीसानु डाँगी, नेकपा माओवादी केन्द्रले प्रमुखमा नेत्र सोदेम्बा र उपप्रमुखमा शोभा दाहालको उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
लालिगुराँस नगरपालिकामा नेपाली कांग्रेसले प्रमुखमा अर्जुन माबुहाङ र उपप्रमुखमा तीला पोख्रेल, नेकपा एमालेले प्रमुखमा कमल खड्का र उपप्रमुखमा जमुना मगर, माआवादी केन्द्रले प्रमुखमा गणेश सेने र उपप्रमुखमा प्रेमा अधिकारीको उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

छथर गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा टेकराज तिगेला र उपाध्यक्षमा हिमा पौडेल, नेकपा एमालेले अध्यक्षमा सन्तोष तिगेला र उपाध्यक्षमा तारा ढकाल, माओवादी केन्द्रले अध्यक्षमा तेजबहादुर कटवाल र उपप्रमुखमा निसा लिम्बुको उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
मेन्छ्यायेम गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा देउबहादुर लिम्बु र उपाध्यक्षमा गीता गौतम, नेकपा एमालेले अध्यक्षमा यादव खापुङ र उपाध्यक्षमा दिल कुमारी शंकर, नेकपा माओवादीले अध्यक्षमा फुर्बी शेर्पा र उपाध्यक्षमा वसन्त खापुङको उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
फेदाप गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरी अध्यक्षमा कांग्रेसका केशव भेटवाल र उपाध्यक्षमा केन्द्रका शिव कुरुङवाङ, एमालेले अध्यक्षमा हरि चोङवाङ र उपाध्यक्षमा गीता थापाको मनोनयन दर्ता गराएका छन् ।

आठराई गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरी अध्यक्षमा कांग्रेसका नारायण इङनाम र उपाध्यक्षमा केन्द्रकी रमिला खनाल, एमालेमा अध्यक्ष विष्णु विक्रम सुब्बा र उपप्रमुखमा रूपा कन्दङको मनोनयन दर्ता गराएका छन् । जिल्लामा ५७ मतदान स्थलमा ८५ केन्द्र रहेका छन् । १४ दल दर्ता रहेको तेह्रथुममा ६० हजार ७ सय ७ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।