पुर्ण खोपयुक्त जिल्ला घोषणा

कमल शर्मा  / राजधानी
दैलेख ४ असार

स्थानीय स्वामित्व र सहभागिता,पुर्ण खोप सुनिश्चिता हाम्रो प्रबिद्धता भन्ने नाराका साथ दैलेख जिल्ला लाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । दैलेख जिल्लाका सबै शिसुहरु खोपको पहुँच भएपछि पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको हो ।


दैलेखका सांसद अम्मरबहादुर थापा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले आइतबार दैलेख सदरमुकाममा आयोजित एक विशेष कार्याक्रमका साथ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका छन् । घोषणा कार्यक्रममा बोल्दै सांसद थापाले दैलेखलाई पूर्ण खोप युक्त जिल्ला बनेकोमा दैलेखवासीले गर्व गर्नुपर्ने बताए । उनले यो अभियानमा सहयोग गर्ने सरोकारवालाई धन्यवाद दिँदै यो निरन्तर प्रक्रिया भएकाले आगामी दिनमा पूर्ण खोप युक्त बनाउन लागि पर्नुपर्ने बताए । सुर्खेत मध्यपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालयका महानिर्देशक राजेन्द्र पन्तले बिगतमा स्वास्थ्य मन्त्रालय बाट गर्ने कामहरु सबै स्थानीय तहमा आएको भन्दै जनप्रतिनीधीलाई स्वास्थ्य समस्याका लागी स्वम्मेम हुन आग्रह गरे । उनले आजको बच्च स्वस्थ भए नेपालको भविश्य उज्यालो हुने भन्दै यो अभियान सबैको भएको बताए । उनले स्वास्थ्यकर्मीले बढि जिम्मेवारी लिनुपर्ने भए पनि नागरिक समाजको पनि यसमा महत्वपूर्ण भुमिका हुने बताए ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर शोभित थापाले २२ महिना सम्म सर्बेक्षण गरेर मात्र दैलेख जिल्ला लाई पुर्ण खोपयुक्त जिल्ला घोषणा अभियान सफल भएको बताए । जिल्लाका ६० वटै स्वास्थ्य सस्थालाई झण्डै ६ हजार ६ सय भन्दा बढि बालबालीकाले एक बर्ष भित्र पुर्ण खोप पाएकाले जिल्ला घोषणा गर्न सम्भव भएको बताए ।
गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि पूर्ण खोपका लागि समाज जागरुक हुनुपर्ने बताए । २०७१ वैशाख १४ गते साविकको लाँकुरी गाविसबाट सुरु भएको पूर्ण खोप युक्त गाविस घोषणा कार्यक्रम २०७३ चैत्रमा पिपलकोटमा पुगेर सकिएको थियो । दैलेख २७ औं पूर्ण खोप युक्त जिल्ला हो भने यस प्रदेशमा स्थानीय निकायको निर्वाचनपछि घोषणा भएको पहिलो जिल्ला हो । जिल्लालाई पुर्णखोपयुक्त गर्ने अभियानमा सहयोग गर्ने बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । पुर्णखोपयुक्त जिल्ला लाई पुर्ण कार्यान्वय गर्दै अवको अभियान पोषणयुक्त जिल्ला बनाउने तिर लाग्ने बोल्ने सहभागीले बताएका थिए ।