नियमविपरीत चार टिपर भाडामा

अजयकुमार साह / बारा

जिल्लाका ग्रामीण भेगका सडक निर्माण तथा मर्मत गर्न खरिद गरिएको टिपर जिल्ला समन्वय समिति बाराले नियमविपरीत भाडामा दिएको छ ।जिल्ला समन्वय समितिले एउटै निर्माण कम्पनीलाई आपूmखुसी    चारवटा टिपर नियमविपरीत भाडामा दिएको हो ।

स्थानीय स्वायत्त शासन नियमवालीमा हाल जिल्ला समन्वय समितिमा रहेको टिपर वा एस्काभेटर निर्माण कम्पनीलाई भाडामा दिनुको साटो आफ्नै काममा प्रयोग गर्नुपर्ने नियम छ ।

जिल्ला समन्वय समितिबाट निर्माण कम्पनीले भाडामा लिएको टिपर । तस्बिर : राजधानी

आफ्नो काममा प्रयोग नगरी निर्माण कम्पनीलाई भाडामा दिँदा बढी भाडा रकम दिने निर्माण कम्पनीलाई मात्रै टिपर भाडामा दिनुपर्ने नियम छ । जिल्ला समन्वय समिति बाराका पदाधिकारीले कमिसनको खेलमा लागेर नियमविपरीत आपूmखुसी ठेकेदारलाई चारवाट टिपर विगत पाँच महिनादेखि भाडामा दिएका हुन् ।

निर्माण कम्पनीलाई जिल्ला समन्वय समितिका टिपर भाडामा दिनुभन्दा पहिला भाडामा दिनेबारे सार्वजनिक सूचना प्रकाशित नगरी आन्तरिक बढाबढसमेत नगराई सपना÷शिवशक्ति मेरिना कन्ट्रक्सन हेटौंडालाई विगत पाँच महिनादेखि भाडामा दिएको बताइएको छ ।

दैनिक एउटा टिपरको ६ हजारभन्दा बढी भाडा आउने भए पनि समन्वय समितिले हेटौंडाको सपना÷शिवशक्ति मेरिना कन्ट्रक्सनलाई  ना३ख ९८७३, ना३ख ९८७५, ना३ख ९८७४ र ना१क १३२९ गरी चारवटा टिपरलाई नियमविपरीत दैनिक एउटाको ४ हजार भाडामा दिएको जिल्ला समन्वय समितिका राजस्व शाखाले जनाएको छ । जिल्ला समन्वय समिति लेखा शाखा प्रमुख प्रेमबाबु पटेलले एउटा टिपरबाट दैनिक ४ हजार भाडा आउने भएकाले गर्दा ठेकेदारालाई भाडामा दिएको बताए । उनले तीन महिनादेखि टिपरलाई मात्रै भाडामा दिएको पनि जिकिर गरे । टिपरलाई भाडामा दिन जिल्ला समन्वय समितिले आन्तरिक बढाबढ नगरी निवेदन दिने निर्माण कम्पनीलाई भाडा दिएको पटेलले स्विकारेका छन् ।