अल्ट्रा धावक पण्डितको निधन

काठमाडौं÷रास– अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ । प्यूठान घर भएका पण्डितको अमेरिकाको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा हाई अल्टच्युडका कारण मृत्यु भएको हो ।

अलास्का राज्यको डेनाली नेसनलपार्कस्थित उक्त हिमाल आरोहरणका क्रममा पण्डितको शुक्रबार निधन भएको अमेरिकास्थित नेपाली राजदूतावासले बताएको छ । पण्डितले सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिम शृंखलाको आरोहण गरिसकेका थिए । उनको ६ हजार १ सय ९० मिटर अग्लो हिमाल आरोहणका क्रममा निधन भएको हो । खराब मौसमका कारण उनको शव ल्याउन कठिन भएको दूतावासले जनाएको छ । दूतावासका प्रवक्ता प्रकाश श्रेष्ठका अनुसार उनको शव ल्याउन मौसमले साथ दिएमा पनि २ दिन लाग्छ ।