मेटलाइफद्वारा सहयोग

काठमाडांै / रास– मेटलाइफ एसिया रिजनल अपरेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले काभ्रेको पाँचखालका भूकम्पपीडितलाई पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । मेटलाइफको एसिया अपरेसनका वरिष्ठ उपाध्यक्ष बुन चुको नेतृत्वमा गएको टोलीले पाँचखालका पीडित परिवारसँग कुराकानी गरेको थियो ।

ह्याबिट्याट नेपालले सञ्चालन गरिरहेको कार्यक्रमबारे पनि जानकारी लिएको पनि विज्ञप्तिमा उल्लेख छ । टोलीमा जापन, दक्षिण कोरिया, चीन, अस्ट्रेलिया, हककङ, मलेसिया, भारत, बंगलादेश र अमेरिका गरी २१ स्वयंसेवक सहभागी रहेका थिए ।