उद्यमशीलता तालिम सम्पन्न

काठमाडौं / रास– घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा काठमाडौंको टोखा नगरपालिका धापासीमा सञ्चालित १० दिने उद्यमशीलता तालिम आइतबार सम्पन्न भएको छ । नारी शक्ति नेपालको सहकार्यमा सञ्चालन भएको यस तालिममा १२ वडाबाट २४ जना प्रशिक्षार्थी सहभागी थिए ।

समितिको सक्रियतामा प्रशिक्षक भगवती अधिकारी र प्रदीप न्यौपाने दिएको सो उद्यमशीलता तालिम स्थानीय नगरवासीको आय स्तर वृद्धि गर्न निकै उपयोगी हुने अपेक्षा गरिएको छ । यस तालिमका माध्यमबाट उद्यमी निर्माण गर्ने उद्देश्यसाथ सञ्चालन भएको प्रशिक्षण निकै प्रभावकारी रूपमा सम्पन भएको प्रशिक्षक न्यौपानेले जानकारी दिए । उद्यमी बन्नुअगाडि यस तालिम लिँदा उद्योगले सफलता पाउने भयले तालिमप्रति अहिले निकै आकर्षण बढेको समितिले जनाएको छ । आइतबार सम्पन्न तालिममा सहभागीलाई घरेलु तथा साना उद्योग विकास समितिका उपकायकारी निर्देशक नारायणमणि लामिछानेले प्रमाणपत्र वितरण गरेका थिए । नमुना नारी शक्ति नेपालका अध्यक्ष शान्ता पराजुलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रशिक्षार्थी महिलाहरूले आपूmहरूले तालिम अवधिमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने बताएका थिए ।